दाङको तुलसीपुरमा मलेरिया र डेंगुको बिरामी बढ्दै

सरसफाईमा ध्यान दिन चिकित्सकको आग्रह


सावधान, लामखुट्टेले टोकेमा लाग्नसक्छ यस्ता रोग ! – Online Khabar

दाङको तुलसीपुर क्षेत्र मलेरिया तथा डेंगुको उच्च जोखिममा रहेको छ । तुलसीपुरमा चालु बर्षमा मात्रै मलेरियाका २ जना र डेंगुका ३१ जना बिरामी फेला परेका थिए ।

डेंगु तथा मलेरिया लामखुट्टेको टोकाईबाट एक व्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने गरेको डाक्टरहरुको भनाई छ । डेंगु रोग चार प्रकारका रहेका छन् । जस अन्तर्गत डेन वान अर्थात सुरुवाती चरण रहेको र क्रमशः डेन टु,थ्री हुदै फोर सम्म पुग्दा मानिसको मृत्यसम्म हुन सक्ने भएकाले सजग हुन डाक्टरले सुझाव दिएका हुन् ।

सन् २००४ मा डेंगु तथा मलेरिया रोग नेपालमा भित्रिएको तुलसीपुर उपमहानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक पर्सन विमल केसीले जानकारी दनुभयो । उहाँका अनुसार पोथी लामखुट्टेको टोकाईबाट एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने गर्दछ ।

मलेरिया तराई तथा मधेसका जिल्लामा हुने भएपनि पछिल्लो समय सक्रंमितको सम्पर्कमा आउदा हिमाली जिल्लाका मानिसमा समेत देखिएको डाक्टरको भनाई छ ।

नेपालमा प्रायः गरेर २ प्रकारका औलोका बिरामीहरु देखिएको केसीले बताउनुभयो । जसमध्य प्लाज्मोडिएम विवाक्स नामक औलोका बिरामीहरु ९० प्रतिशत रहेको बताउनुभयो । त्यस्तै मिक्स्ड ईन्फेक्सन १० प्रतिशत रहेको उहाँको भनाई छ ।

यो रोग लामुट्टे लगाएतका किराबाट सजिलै सर्ने भएकाले पानी जम्ने खाल्टाखुल्टी पुर्न, घरआँगन सफा राख्न तथा सुत्दा झुल लगाएर सुत्ने तथा पुरा शरिर ढाकिने गरि कपडा लगाउन तथा लामखुट्टे भगाउने खालका मल्हम लगाउनु पर्ने बताउनुभयो ।

डेंगु तथा मलेरियाबाट संक्रमित भएमा प्रसस्त झोलकुरा खाने, तथा समयमै चिकित्सकको सल्लाह बमोजीम औसधि सेवन गर्नुपर्ने डाक्टरको भनाई छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्