बिपन्न समुदायको आयआर्जनका लागि कुरीलो खेती



पाल्पाका किसानलाई कुरीलो बन्यो आम्दानीको राम्रो स्रोत « Imagekhabar – Online News Portal of Nepal

दाङका सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरिएको छ । सामुदायिक उपभोक्ता समूहमा आवद्ध बिपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरेको हो ।

समूहरसहकारी मार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका शिलसिलामा सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी बजार माग अत्याधिक रहेको तरकारी खाने कुरिलोको अन्तरवाली प्रणालीको अवधारणा अनुरुप व्यवसायिक खेती शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १८ अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनको खाली रहेको करिव २ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय कुरिलोको बेर्ना श्रीखण्ड वृक्षारोपण गरिएको क्षेत्रमा रोपण गरिएको छ ।

यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्रमजिवी कृषि सहकारी समूहमा आबद्ध ३१ घरधुुरीले आफ्नो कृषि वाली सँगसँगै तरकारी खाने कुरीलो ७ हजार ५ सय को संख्यामा लगायएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।वन, वातावरण तथा भ(ूसंरक्षण मन्त्रालयको ४ लाख र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताहरुको सहभागितामा ६ हजार दुई सय कुरिलोका बेर्ना रोपिएको छ । अहिले लगाएको कुरिलोका बेर्ना मध्ये २५ प्रतिशत मर्नसक्ने संभावनालाई विचार गर्दा करीव चार हजार ५ सय बढि बिरुवा वसन्त हरियाली सामुदायिक वनमा र करीव ५ हजार ७ सय श्रमजिवी कृषि सहकारी संस्था मार्फत गरिएको वृक्षारोपणबाट सजिलै हुर्कने आंकलन कार्यालयको छ । लगाएको २ वर्षसम्म कुरीलोलाई राम्ररी मलजल र गोडमेल गरेको खण्डमा २ वर्ष पश्चात् प्रति १० वटा बोटबाट एक किलो कुरिलो उत्पादन लिन सकिने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा बोटबाट वर्षमा कम्तिमा ६ देखी ८ हप्ता सम्म कुरीलोको टुसा संकलन गर्न सकिन्छ । अहिलेकै बजार थोक मूल्य अनुसार प्रति किलो ५ सय रुपैयामा बिक्रि हुँदा पनि वन समूहले बार्षिक कम्तिमा ६ लाख ७५ हजार देखी २० लाख सम्म र कृषि सहकारी संस्थाले वार्षिक १० लाख देखी ३० लाख आम्दानी गर्ने अनुमान गरिएको कुरिलो खेतीका लागि वन समूहको प्रस्तावना अनुसार मन्त्रालय र डिभिजन वन कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेका हुन ।

कुरिलोको संरक्षकाका लागि कार्यक्रमबाटै वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई करिव २ सय मिटर मा मेस वायरबाट तारबार गरिएको छ भने श्रमजिवी कृषि सहकारी संस्थालाई संरक्षण एवं रोपण प्रोत्सहान सहुलियत भनि प्रति विरुवा रु २० का दरले अनुदान सहुलियत र कृषकको वारीसम्म ढुवानी खर्च समेत डिभिजन वन कार्यालयले उपलब्ध गराएको कार्यालय प्रमुख मोहन श्रेष्ठले जानकारी गराउनुभयो ।

समूह तथा सहकारी मार्फत जडिबुटीको व्यवसायिक खेती विस्तार मार्फत समूदायको जीपिकोपार्जनमा सहयोग गर्ने लक्ष्यका साथ यो बर्षदेखि कुरिलो खेतीको काम अघी बढाइएको सूचना अधिकारी केसीको भनाई छ । सो स्थानमा रोपिएका श्रीखण्डका ६ सय बिरुवाको जिपिस प्वाइन्ट, डायमिटर र हाइट लिएर गरेको छ । श्रीखण्डको बिचको खाली जग्गामा कुरिलो रोप्दा स्याहारसुसार हुन गइ श्रीखण्ड हुर्कने, खाली भएको जमिनको उत्पादकत्व बढ्ने वन समूहका बिपन्न बर्गको आर्थिक अवस्थामा सुधान हुने लक्ष्य कार्यालयको छ ।

श्रीखण्ड लोपउन्मुख प्रजाती भएकोले यसको स्वस्थानिय संरक्षण गर्न श्रीखण्ड बगंैचाका रुपमा विकास गर्ने लक्ष्य अनुसार काम गरेको जनाएको छ कार्यालयले जनाएको छ । बजारमूल्य उच्च रहेको र लोपन्मुख श्रीखण्डलाई भविष्यमा शैक्षिक अनुसन्धान केन्द्रका रुपमा समेत विकास गर्ने सकिने योजना रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । बोट बिरुवाको संरक्षणका लागि वन समूहले १२ हजार रुपैया मासिक दिएर चौकिदारको ब्यवस्था पनि गरेको छ । वन कार्यालयको प्राविधिक र आर्थिक सहयोगले आँफूहरुले श्रीखण्डको बगैचा र कुरिलोको खेति थालेको वन समूहकी सचिव राममाया घर्ति मगरले बताउनुभयो ।

५ सय ४० जना उपभोक्ता रहेका बसन्त हरियाली वन समूह २ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ३१ घरधुरी सम्मिलित श्रमजिवी कृषि सहकारी संस्था घोराही ४ का कृषकहरुको करीव ३।५ हेक्टर क्षेत्रफलमा कुरीलो खेती विस्तार कार्य सम्पन्न भएको छ । नमूनाको रुपमा अगाडी बढाईएको यस कार्यक्रमको सफलता पछि क्षेत्र विस्तार गरी यसको व्यवसायिकतालाई प्रोत्सहान र प्रबद्र्धन गर्दै लैजाने डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले वताउनु भयो ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्