संकुचित सोच र धारणाका कारण छुवाछुतको अन्त्य भएन ः अध्यक्ष विश्वकर्मा

५८ औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस


No description available.

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेदलाई अन्त्य गर्न समतामुलक समाज निर्माण गर्नुपर्ने बताउँनुभएको छ । समाजमा ब्याप्त संकुचित सोच र धारणाका कारण छुवाछुत विरुद्धका अभियानले सार्थकता नपाएको बताउँनुभयो । दलीत कुनै जात र वर्ग नभई समाजले बनाएको विरामीपन भएको उहाँको ठहर छ । कार्यक्रमका प्रमुख अतीथी समेत रहेका विश्वकर्माले यसलई निको पार्न राज्य तहबाटै आवाज उठाउँनुका साथै स्थानीय निकायबाटै शुन्यमा परिणत गर्न अभियान चलाउँनुपर्ने बताउँनुभयो । अन्तर्राष्ट्रिय जातीय छुवाछूत भेदभावका विरुद्ध प्रतिरोध गरौःसंबैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गरौ’ भन्ने नारा सहित ५८ औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवसका अवसरमा उहाँले यस्तो बताउँनुभएको हो । उहाँले देशमा सबै कुराको कानुन भएपनि व्यबहारमा लागू हुन नसकेको बताउनुभयो । नेपाली समाजले अझै पनी साँघुरो घेराभित्र सिमीत रहेको उहाँको जिकीर थियो ।

सोहि अबसरमा अधिकारकर्मी जोगिन्द्र विश्वकर्मा र लुम्बिनी प्रदेशका सांसद रेखा शर्माले समाजमा रहेको जातीय छुवाछूत अन्त्य गर्न एउटा लडाई आवश्यक रहेको बताउनुभयो । जातिय छुवाछूत अन्त्यका लागि आ आफनो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो थियो । यसका साथै निती निर्माण र कानुनको तहमा आफनो तर्फ बाट आवाज उठाउँने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

May be an image of 10 people and people sitting

यस्तै अधिकारकर्मी निर्मल नेपाली, युवा करारा, शुष्मा गिरी, नवराज लामिछाने, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष साबित्रा विश्वकर्मा, एकीकृत समाजबादी नगर कमिटी तुलसीपुरका अध्यक्ष शिव परियारले जातीय विभेदको अन्त्यको घोषणा गर्ने मात्र नभएर छुवाछूतलाई निर्मूल पार्नुपर्ने बताएका थिए।उनीहरुले हरेक चिजको सीप र कला भएका दलित समुदायलाई अछुत भनी तल्लो दर्जा दिएर घृणाको दृष्टिले हेर्नु मानवपन नभएको बताएका थिए । जातीय विभेद समाजको बाधक भएको भन्दै छुवाछूत सबैको साझा समस्या भएकाले राज्यबाट नै यसको समाधान हुनुपर्ने उनीहरुको ठहर थियो ।

May be an image of one or more people and people standing

कार्यक्रममा नेकपा एमाले तुलसीपुरका नगर सचिव रुपबहादुर खत्री, नेपाली काग्रेसका इश्वरी सुनार, तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नगर उपप्रमुख श्यानी चौधरी, शान्ती समाजका निर्वतमान उपाध्यक्ष सुशील बस्नेत लगायतले जबसम्म जातीय छुवाछूत व्याबहारीक रुपमा हट्दैन तबसम्म सचेतनाका कार्यक्रमले कुनै परिणाम नदिने भन्दै यसको न्यूनीकरणका लागि शसक्रिकरण, पैरवी गर्नुपर्ने बताएका थिए । साथै यसको औचित्य, महत्व र आवश्यक्ताका बारेमा बुझ्न जरुरी रहेको बताएका थिए । जातीय छुवाछुतको मान्यताको अन्त्य गर्दै सरोकारवाला निकाय बाट खवरदायी गर्ने कामको शुरुवात गर्न आवश्यक रहेको बताएका थिए ।

May be an image of 1 person and standing

कार्यक्रममा जेष्ठ दलित सदस्यहरु, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, पत्रकार, सारङ्गी पेसाकर्मी, बाध्यबादनकर्मी लगायतलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ र कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले गर्नु भएको थियो ।कार्यक्रम उद्घाटन पुर्व जातीय विभेद विरुद्धको नारा सहित र्यालीको आयोजना गरिएको थियो ।

May be an image of 2 people and people standing

May be an image of 2 people, people standing and road

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्