वन संगसंगै उधम पनि

उधमी उत्पादन गर्दै ग्रीन फाउण्डेसन


No description available.

वनलाई उधमसंग जोड्नका लागि उधम र सहकारीको अवधारणालाई अगाडि सारीएको छ । ग्रीन फाउण्डेसन नेपालले हरेक नागरीकलाई आर्थीक उत्पादमा जोड्नका लागि यो अभियानलाई तिव्रता दिदै आएको छ । नेपालमा वेरोजगारको चरम रुप दिन थालेपछि युवाहरुको आकर्षण उधम संग जोड्न टेवा पुगोस् भन्ने उद्धेश्यले यस प्रकारको अभियान र उधम अवधारणालाई अगाडि सारेको जनाएको छ । ग्रीन फाउण्डेसनले नागरीकलाई उधमी बनाई साक्षर बनाउँने र आथीर्क संकटलाई न्युन गर्नका लागि जिल्ला जिल्लामा उधम तालीम संचालन गर्दै आएको छ ।

No description available.

फाउण्डेसनले तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी नागरिकलाई एकीकृत गरेर उद्यम, पर्यटन, सहकारीको अवधारणा, यसको सम्भावना, बजार व्यवस्थापन, चुनौति, वित्तिय साक्षरता, दर्ता प्रकृया, आर्थिक स्रोतको पहिचान, सीपको विकास लगायतका विषयमा बृहत्तर छलफल गरेको छ ।

कृषि वन उधम र सहकारी सस्ंथा विच अनुभव आदान प्रदान तथा नमुना सामुदायीक वन उधम सहकारी सस्ंथा गठन सम्बन्धि कार्यशाला गोष्ठिमा वनबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा बृहत रुपमा छलफल गरिएको थियो । गोष्ठीमा कृषि, वन, जल, जमिन, जडिबुटीको प्रचुर सम्भावना भएकाले आर्थिक उत्पादनका लागि उद्यम सञ्चालन गर्न सकिने निष्कर्षमा पुगिएको फाउण्डेसनका सचिव सुरेश रावतले जानकारी दिनुभयो । उद्यम वा सहकारी, तथा पर्यटनसँग सम्बन्धित कुनै पनि कार्य गर्नका लागि त्यसको सम्भावना, बजारीकरण, माग र आपूर्ति तथा यदि कुनै उद्यमहरु बन्द भए त्यसको कारणका विषयमा समेत सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि ग्रीन फाउण्डेसनले समन्वय गर्ने सचिव रावतले जानकारी दिनुभयो ।

No description available.

No description available.
यस्तै गोष्ठिमा ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले वजारको माग अनुशार वन बाट पाईने कच्चा पदार्थलाई सदुपयोग गरि बजारीकरण गर्न सकिने बताउँनुभयो । फाउण्डेसनले जिल्ला जिल्लामा वन र उधमलाई संगसंगै लैजाने गरि कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनुभयो । नेपालमा गर्न सकिने र सम्भावना धेरै भएपनि यसलाई बुझन नसक्दा आर्थीक लाभ लिन बाट बञ्चित भएको बताउँनुभयो । ग्रीन फाउण्डेसनले दुनाटपरी उद्योग, मुढा तथा ढकिया बुनाइ, हस्तकला र टिमुर खेतीको व्यवसायीक प्रर्वद्धनलाई फाउण्डेसनले पहिलो प्राथामिकतामा राखेको छ । कृषि र वनमा आधारित उद्यमहरु सञ्चालन गरेर आगामी दशलाई हरित अर्थतन्त्रको दशकका रुपमा विकास गर्ने उद्देश्यसहित अभियानलाई तिव्रता दिएको उहाँको भनाई छ ।

No description available.
तीन दिन सम्म संचालन भएको गोष्ठिमा वन उधम कसरी संचालन गर्ने ?, ब्यवसायीक योजना कसरी बनाउँने ?,वजार विस्तार कसरी गर्ने?, वनको स्रोत मुल्यांकन कसरी गर्ने? लगाएतका विषयमा छलफल गरिएको थियो ।

गोष्ठिमा सहयोगी बचत ऋण सहकारी सस्ंथाका अध्यक्ष रुप बहादुर खत्री, हाम्रो पहँुच सहकारीका अध्यक्ष शुक्रराज भण्डारी, मनीता खनाल, टोप बहादुर खत्री लगाएतले आ –आफनो संस्थाले गरेको कामका विषयमा जानकारी गराएका थिए ।

No description available.

ग्रीन फाउण्डेसन दाङको आयोजनामा संचालीत कार्यशाला गोष्ठीमा दाङ सहित, सल्यान रोल्पाका समेत गरेर ३६ जना उद्यमीको सहभागिता रहेको थियो ।

No description available.

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्