जेठ महिनाको चर्को घाम खेत हरीया छन् । आँखाले हेरेर नभ्याउँने तरीकारी खेती छ । कतै गाईगोरु चर्दैछन् कतै बाख्रा । बन्दा खेती अहिले गाइवस्तुलाई आहार बनेको छ । आर्यआर्जनका लागि गरिएको तरकारी खेती गाईचरण भएको छ । बजार भाउँ नपाएर खेतमै सुक्दै छन् । बाहिर बाट निर्यात भएका तरकारीले बजार भाउँ पाउँने तर आफनै ठाउँमा गरिएको खेतीले बजार भाउँ नपाउँने । कृषिमा समृद्धि हुन्छ । कृषि क्रान्ती हुन्छ भन्ने भनाई भनाई मै सिमीत भएको छ । यो कृषि खेती देख्दा विनास भएको प्रष्ट देखिन्छ ।
तस्वीर ः पार्वती बस्नेत
यो फोटोमा देखिएको दृष्य कुनै बाहिर जिल्लाको होईन । तुलसीपुर ११ मोतीपुरका कृषक राजेश डांगीको कृषि खेती हो । तरकारी खेती गरि आयआर्जन गर्ने उद्धेश्यले बन्दा गोपि खेती गरेका राजेश लगानी बजार भाउँ नपाउँदा लगानी खेर गएको बताउँनुहुन्छ । “बजार खोजे तर २ रुपैया के.जी पनि बिक्री भएन । यो कस्तो बजार बुझ्न सकिएन । पहिलेको त विक्री भयो तर पछिल्लो खेतीले बजार पाएन । ब्यापारीले ढुवानीको पैसा नै उठ्दैन भन्दै बजार लैजान नमानेपछि आफनो लगानी खेर गयो । लगानी पनी उठेन घर खर्चको त कुरै नगरौँ । यस्तो अवस्था आईलाग्दा हामी किसान कसरी परिवार पाल्ने ? हाम्रो लागि चिन्ताको विषय हो । ” राजेशले दुखेसो पोख्नुभयो ।
“विभीन्न संघ सस्ंथाले स्थानीय तहले कृषि कार्यक्रम ल्याउँने यो गर त्यो गर भन्ने तर बजारीकरणको पाटोलाई नहेरीदिदा कृषकले यस्ता समस्या भोग्दै आएका छौँ । कम्तीमा पनी सरकारको तर्फबाट बजारसंग जोडिदिनुपर्छ । हामी किसानका लागि बजार सुनीश्चित हुनुपर्छ । हामीलाई खेती गर मात्र भनेर हुदैन । हामी खेती गर्छौँ दुःख गर्छौँ तर लगानी उठ्दैन । ” कृषक राजेशले गुनासो गर्नुभयो ।
“ १२ कट्ठामा लगाईएको बन्दा खेती बिक्री हुन सकेको भए २ लाख ५० हजार सम्म आम्दानी हुन्थ्यो होला तर हाम्रो परिश्रम , मिहिनत, लगानी सबै खेर गएको छ ।” उहाँले दुखेसो पोख्नुभयो ।
कृषक राजेश डांगी एक पात्र मात्र हो उहाँ जस्तै धेरै कृषकहरुको गुनासो यस्तै छ । कृषि छ बजार छैन । लगानी डुब्छ । स्थानीय सरकार मौन भईदिनुले कृषिकर्मीहरुको ब्यापार धरापमा पर्ने अवस्था आईसकेको छ भने कृषकहरु पलाएन हुने अवस्थामा गइसकेको देख्न सकिन्छ ।
त्यस्तै कृषिमा क्रान्ती ल्याउँनुपर्छ भन्ने विभीन्न्न संघसस्ंथाको कार्यक्रमले सार्थक्ता पाएको छैन । अर्को तर्फ विशेषगरि स्थानीय सरकार यस तर्फ विशेष ध्यान दिई भूमीका निर्वाह गनुपर्छ । कृषिका लागि करोडौँ वजेट विनीयोजना गर्ने तर सहि तरिकाले सदुपयोग नहुँदा यसले कृषकहरुहरुको जिवन स्तरमा के परिवर्तन ल्याउँन सक्छ ? उनीहरुको बाच्ँने आधार के ? भन्ने कुरामा चिन्तीत हुन जरुरी देखिन्छ ।