मनोपरामर्शपछि फेरीएको नँया जिवन



No description available.

तुलसीपुर १९ कि बसन्ता घर्तीले पुर्नजन्म पाएको एक वर्ष पुग्न लागेको छ । श्रीमान वैदेशिक रोजगारमा गएको ३ वर्षमा श्रीमानको मृत्यु भएपछि उनको जिवन नरकमा पुगेको थियो । अव भोली नेपाल फर्किन्छु भनेर फोन राखेका श्रीमान १३ दिनपछि बाकसमा फर्किए । ऋण लीएर विदेश उडेका श्रीमान ऋण तिरौँला भन्दै विदेशको मरभुमीमा दुःखका दिनहरु विताउँदै थिए । ऋण तिर्ण नपाउँदै शुन्दर सपना बसन्ताका श्रीमाण सपना आँखामा लिएर विदेशमै अस्ताए । घरको ऋण र श्रीमाणको मृत्युले बसन्तालाई क्षतविक्षत बनायो । उहाँ मरेसरी जिन्दगी बाच्ँन बाध्य हुनुभयो । बाँच्ने आशा मारेकि बसन्ता ढिलो भएपनि सामी परियोजना संग जोडिनुभयो । सामीकि मनोसामाजीक परामर्शकर्ता जया पाण्डेसंग सम्पर्कमा आएपछि बसन्ताको बाँच्ने सोच र जिवनमा परिवर्तन आउँन थाल्यो । घर समाज कसैको साथ नपाएकि बसन्ता मनोपरामर्शकर्ता पाण्डेसंगको भेटले  कला र जिवन जिउँने कला सिकेको बताउँनुभयो ।

“ म मर्छु भनेर धेरै पटक आत्महत्याको प्रयास गरे छोरालाई सम्झिएर आत्म हत्या गर्न सकिन । पछि परामर्शकर्ता जया पाण्डेसंग भेटेपछि म आफै परिवर्तन हुदैँ गए । बाच्ँछु छोराको लागि केहि गर्छु भन्ने आट आयो । अहिले समुह बाट ऋण लिएर बुंगुर र बाख्रा पालन गरेको छु । श्रीमान लाई विदेश पठाएको सबै ऋण सकियो । अव छोरा पढाएर बसेकि छु । ११ बर्षका छोरा नजीकैको स्कुल कक्षा ६ मा पढ्दैछन । श्रीमान भए जस्तो जिन्दगी काँहा सहज होला अप्ठेरो छ । तर छोराले सबै दुःख पिडा भुलाउँने कोशिस गर्छ । ” बसन्ताले आखाभरी आशुँ बनाउँदै भन्नुभयो । “अव बाच्छु । के गर्नु बाच्ँनुपर्ने रहेछ । समाजले एकल महिलामाथि हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँनुपर्छ । हामी पनि मान्छे हो । हाम्रो पिडामा नुनचुक दल्ने काम गर्छ समाजले यो बन्द हुनुपर्छ । ”

वसन्ता घर्ती एक पात्र मात्र हुन् । वैदेशीक रोजगारीमा गएर श्रीमानको मृत्यु पछि एकल भएका धेरै महिलाहरु छन् । जो मानसीक रोगी भएर बाँचिरहेका छन् । मरेर पनि  बाँच्नेहरु धेरै छन् । यी यस्ता महिलाहरुलाई उत्प्रेरणा दिनुको साटो पितृसत्तामक समाजले थेचारीरहेको छ ।

No description available.

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुशार यस आर्थिक वर्ष २०७९ र ०८० मा दाङ जिल्लामा आत्महत्या गर्ने पुरुष ९२ जना ,महिला ७६ जना गरि १६८ जना रहेका छन् । २०७८÷०७९ मा भने पुरुष १४६ थिए भने महिला ७७ गरि जम्मा २२३ थिए । मुटुरोग, मधुमेह, दम भएका विरामीहरुलाई यो समस्याले बढि ग्रसीत बनाउँने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

सामीले तुलसीपुरका १ देखि १९ वडामा सामीको सम्पर्कमा आएकाहरुको डाटा अनुशार आरोप लाल्छना सम्बन्धिका घटना २ वटा, गम्भीर मानशिक चिन्ता वेहोस हुने ३१ , परिवारमा लामो समय देखि सम्पर्कमा नभएको ४९, पारिवारिक वेमेल १ जना, बालबच्चा एक्लो भएको १७, बृद्ध बाआमा मात्र घरमा भएको २९ र श्रीमान लामो समय देखि पैसा नपठाएको ३८ जना रहेका छन् ।
यस्तै वैदेशीक रोजगारमा गएकाहरुमा कम्पनीले बस्न दिएको तर खान नदिएको ११ जना, मालीकले नेपाल फर्कन नदिएको १८, मेडिकल फेल भएको २, लामो समय देखी तलव नपाएको ३२, सम्झौता अनुशार काम र दाम नपाएको १ सय १, सम्झौतामा भने अनुरुप तलव नपाएको १ सय ९ र सम्झौता अनुशार काम नपाएको ६१ जना रहेका छन् ।

No description available.
नेपालमा कूल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानीस मानसिक रोगले ग्रस्त भएको एक तथ्यांकले देखाएको छ । सामी परियोजनाले गरेको सर्वेक्षण अनुशार नेपालमा गरिबी, सामाजिक कुसंस्कार, द्धन्द, मानव अधिकार हनन्, र दीर्घरोगका कारणले डराउने, आत्तिने जस्ता चिन्ता रोग, डिप्रेशन, आत्महत्या, लागुपदार्थको दुव्र्यशनी जस्ता समस्याहरु बढेको देखाएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अन्तर्गत सातै प्रदेशमा गरिएको अध्ययन अनुशार डिप्रेसनको सिकार भएका २.९० प्रतीशत वयस्क र ०.६० प्रतीशत किशोरकिशोरी रहेको सामी परियोजनाले अध्ययन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै आत्महत्याको सोच भएका वयस्क ६.५० प्रतीशत छ भने ३.९० प्रतीशत किशोरशिोरी रहेका छन् । तथ्यांकका अनुशार आत्महत्याको प्रयास गरेका १ं.१० प्रतिशत वयस्क र ०.७० प्रतीशत किशोरकिशोरी रहेका छन् । समग्रमा नेपालमा २०७९ र ०८० मा आत्महत्या गर्नेहरुको संख्या ६ हजार ८ सय ३० पुगेको छ ।

No description available.
तुलसीपुर उपमहानगरपालिका अन्तरगत सुरक्षित आप्रवासन सामी शाखाको आयोजनामा आज तुलसीपुर क्षेत्रका स्वास्थ्यकर्मीहरूको लागि मनोसामाजिक परामर्शको बिषयमा अभिमुखिकरण कार्यक्रममा विनय महर्जनले नेपालमा मानशिक स्वास्थ्यको अवस्था, मानशिक स्वास्थ्य अवस्थाका कारणहरु, यसका वहुपक्षीय अशर र चुनौतीहरु, संवैधानीक कानुनी व्यवस्था र चुनौतीहरु लगाएतका विषयमा जानकारी गराउँनुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले वैदेशिक रोजगार सम्बन्धि विभीन्न विषयमा जिज्ञासा राखेका थिए । घेराहि उपमहानगरपालीका सामी कार्यक्रम संयोजक बसन्ता पुनको सहभागिहरुको जिज्ञासाका माथी प्रष्ट पार्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी,परामर्शकर्ता, सेवाग्राहिहरुको सहभागिता रहेको थियो । जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम प्रकाश न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको शहजीकरण सामी फोकल पर्सन बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

No description available.
वैदेशिक रोजगारीमा जानेहरु व्यक्तिहरूका लागि सूचना, परामर्श, सीप तालिम र आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय पालिकाले सामी कार्यक्रम  सञ्चालनमा ल्याएका छन् । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मूलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुने लक्ष्यका साथ यो कार्यक्रम संचालन गरिएको हो । वैदेशीक रोजगारमा जानेहरु, रहेकाहरु र फर्केकाहरु र उनीहरुको परिवारहरुका लागि सुचना तथा परामर्श, न्यायमा शहजीकरण, सिप तालीम, मनोपरामर्श र वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्