दंगीशरण ७ सिम्ठानीकी अनीता परियार (नाम परिवर्तन) लाई रोग लुकाएर बसेपछि समस्या भएको छ । उमेरले ५० वर्ष पुगेकि परियारलाई पाठेघरको समस्याले सताउँदै गएको छ । उमेरले लखेटिरहेका बेला स्वास्थ्य समस्या पनि बल्झीदै गएको छ । “रोग आफैलाई खान्छ । पहिले चेकजाँच गराउँने चाल पाईन् । अहिले यो उमेरमा धौँ छ बाबु । हित्तीन आ बेला एक जनाले नजीकै शिवीर आछ भनेपछि दगुर्दै जचाउँन आछु । ”– परियारले भनीन् । उनलाई तल्लो पेट दुख्ने , सेतो पानी वग्ने समस्याले सताउँन लागेको धेरै वर्ष छ । समयमा चेकजाचँ नहुदा समस्या भएको बताईन् ।
४९ वर्षकि एक महिला नाम नभन्ने सर्तमा भनीन् । “शिवीर आएर हामीलाई राम्रो भयो । नातीनातीना देखीसकिम हिजोको पुरानो रोगले आज सताउँदैछ । उहिले जचाउँने केहि थाहा नपाउँने लाज मान्ने हामी । गाउँमा शिवीर आएपछि खुसी छम् । चिसो भयो भने पाठेघर सुन्नीन्छ । घाम महिनामा पनी तातो पानीले नुहाउँछु यस्तो दुःख कसलाई होला । बाहिर जान खर्च लाग्छ । आज शिवीर बसाल्यो खुसी लाग्याछ । राम्रैसंग चेकजाचँ होला । ”
किष्णी चौधरी (नाम परिवर्तन) लाई आफनो उमेर नै थाहा छ्रैन । तर बुढेसकालले छोईसकेको थियो । छोरी बुहारीको साथ लागेर शिवीर सम्म आएकि चौधरी तल्लो पेट दुख्ने समस्याले ग्रस्त छिन् । घरको काम गर्नैपर्ने, विरामी हुँदा समेत बाहिर उपचार गर्नक लागी पैसा नभएपछि २ घण्टा हिडेर शिवीर सम्म आईन् । नजीकै स्वास्थ्य उपचार गर्न पाउँदा उनी दंग छिन् ।
सन्चीरीका चौधरी (नाम परिवर्तन) शिवीरमा चेकजाचँ गराउँन ३ घण्टाको बाटो हिडेर आईन् । पैसा धेरै लाग्छ भनेर बाहिर कतै चेकजाँच गराउँन नगएकि सन्चीर शिवीरमा पालो कुरेर पनी चेकजाँच गराएर मात्र घर फर्किने बताईन् । “रोग आफैँसंग छ । के हुन्छ के । कसले भन्ने पाठेघर दुख्छ भनेर । ” उनी गम्भीर देखीन्थिन । लाग्थ्यो उनी धेरै पिडा सहेर बसेकि छिन् ।
सुचना चौधरीको (नाम परिवर्तन) ब्यथा पनी उस्तै छ । उनी ३६ वर्षकि भईन् । उनको श्रीमानलाई उपचार गराउँनुपर्छ भन्ने सम्म थाहा छ्रैन । “खाली घरको काम मात्र गर्ने नत राम्रो खानुछ नत राम्रो लाउँनुछ । उपचार गर्ने त परको कुरा हो । केहि थाहा पाउँनुहुदैन । आज त म गाउँका दिदि बहिनीहरुसंग आए शिवीर छ भन्ने थाहा पाएपछि । छोरीछोरी हुर्केपछि अहिले महिनावारीका समयमा , शारीरीक सम्पर्कका बेला पाठेघर दुख्ने समस्याले पिरोल्छ । ” उनले भनीन् ।
शिवीरमा बाहिर जिल्ला, बाहिर देशमा गएर उपचार गरेर फर्किएका महिलाहरु पनी चेकजाँचका लागि आएका थिए । पश्चीम दाङका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै दंगीशरण ६ श्रीगाउँमा पाठेघर चेकजाँच शिवीर राखेपछि दुरदराजका महिलाहरु चेकजाँचका लागि आएका थिए । शिवीरमा शारीरीक सम्पर्कमा ध्यान किन जादैन भनेर परामर्श लिन समेत आएका थिए । शिवीरमा वर्षौ देखी रोग लुकाएर बस्ने र आर्थीक अवस्था कमजोर भएका महिलाहरु चेकजाचँका लागि आएका थिए ।
करीव ७ सय महिला हरुले निशुल्क स्वास्थ्य सेवा लिए
पश्चिम दाङको दंगीशरण गाउँपालिकामा तीन दिनसम्म संचालित महिला प्रजनन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविरमा करीव ७ सय महिला दिदीबहिनीहरुले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा नेपाल परिवार नियोजन संघको सहआयोजना एवम् प्राविधिक सहयोगमा आयोजित महिला प्रजनन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविरमा ६ सय ९८ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले दिएको जानकारी अनुशार शिवीरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरेको संख्या ६ सय ७३, पाठेघर खसेकाहरुको संख्या १५ जना, पाठेघरको क्यान्सर शंकास्पद ४ जना, यौनजन्य संक्रमण ५ सय ७५ जना तथा पाठेघर सम्बन्धी जटिल समस्या ६ जनामा देखा परेको थियो ।
खनालका अनुसार, जेठ ३० गतेबाट शुरु भएको निशुल्क स्वास्थ्य शिविर अन्तरगत पहिलो दिन हेकुली स्वास्थ्य चौकीमा २ सय ४१ सेवाग्राहीमध्ये २ सय ३५ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको थियो । जसमा ६ जना पाठेघर खसेका महिलाहरु, क्यान्सर शंकास्पद २ जना, यौनजन्य संक्रमण २ सय ३ जना र पाठेघर सम्बन्धी जटिल समस्या भएका ३ जना फेला परेका छन् ।
दोश्रो दिन असार १ गते गोल्टाकुरी स्वास्थ्य चौकीमा १ सय ७५ जना महिला सेवाग्राहीले लिएको सेवामा १ सय ६५ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । यसैगरी, ५ जनामा पाठेघर खस्ने समस्या, पाठेघरको क्यान्सर शंकास्पद १ जना, १ सय ४३ जनामा यौनजन्य संक्रमण र २ जनामा पाठेघर सम्बन्धी जटिल समस्या फेला परेको छ ।
निशुल्क शिविरको अन्तिम दिन शनिबार २ सय ८२ जनाले सेवा लिएकोमा २ सय ७३ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको, ४ जनामा पाठेघर खस्ने समस्या भएको, १ जनामा क्यान्सर शंका गरिएको, २ सय २९ जनामा यौनजन्य संक्रमण देखिएको र १ जनामा पाठेघर सम्बन्धी जटिल समस्या देखा परेको छ ।
शिविरमा डा. सन्दिप न्यौपाने, डा. मेघना नेपाल, सिनियर नर्स सन्जु भण्डारी, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट कृतना बस्नेत, बिमला न्यौपाने, राधा शर्मा लगायत १६ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । दंगीशरण गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष रेशम वलीको अध्यक्षतामा शिवीर उद्घाटन कार्यक्रम भएको हो ।
सेवाग्राहीले गाउँघरमै सहज रुपमा सेवा लिन पाएकोमा खुशी भएका छन् । यस प्रकारको शिविर निरन्तर हुनुपर्ने उनीहरुको माग छ । पश्चिम दाङमा बाहिर स्वास्थ्य चौकि सम्म चेकजाचँका लागि जाने भन्दा पनी शिवीरको पखाईमा बस्ने यी यस्ता महिलाहरु धेरै छन् । जसका कारण पाठेघर फाल्न अवस्था आईलागेको हुन्छ । महिलाले आफ्ना प्रजनन् र यौन सम्वधि रोगहरु लाजकै कारण लुकाउँदा क्यान्सर जस्ता रोग ले पिडित वन्नु पर्दै आएको छ । अर्को तर्फ आर्थीक समस्या नै उनीहरुको प्रमुख समस्या बनेको छ । बाहिर स्वास्थ्य सस्ंथा जादा पैसा धेरै लाग्छ भन्ने सोचका कारण रोग दवाएर बस्नु परेको छ । त्यसैले स्थानीय सरकार विभीन्न स्वास्थ्य संघसस्ंथाहरुले समन्वय गरेर यस्ता खालका निः शुल्क रुपमा दिईने स्वास्थ्य शिवीरलाई संचालन गर्नुपर्ने देखीन्छ ।