छोराछोरीसंग रमाउँन सिक्दै आमाहरु



No description available.

दंगीशरण गाउँपालिका देखि अगाडिको एउटा घरमा गित बजीरहेको थियो । “क बाट बछुवा ख खरायो….”आमाहरु हतको ईसारा गरिगरि नाच्दै गाउँदै थिए । उनीहरु बच्चा जस्तै बन्न कोशिस गर्दैथिए । भित्ताभरी कागजको फुल, पुतली घर, चराचुरुंगी, अनेक क देखि ज्ञ सम्म आउँने वस्तु, ए देखी जेट सम्म आउँने सबै चिजहरु कागजमै बनीरहेका थिए । ती कागज सबै बिभिन्न चिज वस्तु बनाएर टासीएका थिए । भित्ताहरु रंगीचंगी सजिएका थिए । बच्चाहरुले मन पराउँने रंगहरु चित्रमा दल्दै थिए । देख्दा लाग्थ्यो उनीहरु बच्चा बनीरहेका छन् । प्रशिक्षकले ध्यान पुर्वक सिकाईरहनुभएको थियो । प्रशिक्षार्थीहरु चाख मानेर सिकीरहेका थिए । उनीहरु भरखरै कखरा सिकीरहेका छन् । दृष्यले त्यहि देखाथ्यौँ । बच्चाहरुलाई कसरी भुलाउँन सकिन्छ ? कसरी सिकाउँने ? यो सबै उनीहरुको अभ्यास थियो । रंगीन पानाहरु काट्नु त्यसैमा अनेक रंगहरु भर्नु । घर देखि फलफुल सम्मका चिजहरु त्यहि पानामा भर्नु, बाल गित बजाएर रुनु अनी हास्नु यो अभ्यास गरेको दुई महिना वित्यो ।

No description available.
“दंगीशरणमा मन्टेश्वरी तालीम संचालन भएको यो पहिलो पटक हो । यती लामो तालीम छ तर दिन गएको पत्तै हुदैन । हामी बच्चा सरह रमाउँछौँ, सिक्छौ ।” वडा न. ४ कि प्रेम कुमारी के.सी.ले भन्नुभयो ।

वडा न. ७ कि विन्दु डांगी साना बालबालीका स्कुलमा कसरी हेरचाह गर्ने कुरा सिकेको बताउँनुभयो । “बालबच्चा हेरविचार गर्न, पढाउँन गाह्रो विषय हो । यो तालीमले धेरै कुरा सिकाएको छ ।” डांगीले भन्नुभयो ।

भुमा चौधरी वडा न. ६ बाट तालीममा सहभागि हुनुभयो । “मन्टेश्वरी तालीम सिक्ने रहर थियो । आमा बन्न गाह्रो हो घर होस् या विधालय । तालीम हाम्रो लागि नौलो विषय हो । सिक्दै रमाउँदै गरेका छौँ । अव विधालयमा बालबच्चा पढाउँन सकिन्छ जस्तो लाग्दैछ ।” भुमाले भन्नुभयो ।

वडा न. ३ बासी शारदा लामीछाने बिधालयमा आमा बन्नु सजिलो विषय नभएको अनुभव सुनाउँनुभयो । “घरमा एउटा बच्चा हुन्छ तर विधालयमा हजार बच्चा हुन्छन् । सबैको हेरबिचार गर्न गाह्रो हो । तर यो तालीमबाट धेरै सिप सिक्ने मौका पायोँ । दंगीशरणमा यो तालीम संचालन भएको पहिलो पटक हो । हामी जती जना सहभागि हुन पायो । हाम्रो लागि यो एक अवसर हो । ”

No description available.
तालीमको प्रशिक्षकमा कृतीका शर्मा रहनुभएको छ । पछिल्लो समय प्राविधिक धारका विषयहरुको महत्व बढ्दै गएकाले यो तालीम उपयोगी भएको प्रशिक्षक शर्माले बताउँनुभयो । बेरोजगार महिलाहरुलाई सक्षम बनाई रोजगारीका अवसरहरु सिर्जना गर्न सकियोस भन्ने उद्धेस्य सहित तालीमको आयोजना गरिएको हो । प्राथमिक बिधालयमा अध्यापन गर्ने सोच भएकाहरुलाई शिक्षण पेशामा दक्ष बनाउँने तालीमको मुख्य उद्धेश्य हो । तालीममा २० जना महिलाहरु सहभागि छन् ।

No description available.
ब्यवसायीक तथा सिप विकास तालीम प्रतीष्ठान वुटवल रुपन्देहिको आर्थीक सहयोगमा लुम्बीनी पोलीटेक्निकल इन्स्टिच्युट प्रा.ली.बुटवलको प्राविधिक सहयोगमा तीन महिने निःशुल्क मन्टेश्वरी तालिम दंगीशरण गाउँपालिकामा चलीरहेको छ । दंगीशरण गाउँपालिकामा मन्टेश्वरी तालीम संचालन भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्