एक वर्षमा जनतासंग प्रत्यक्ष जोडिएका काम भएका छन् ःमेयर खडका



No description available.

तुलसीपुर उपमहानगरपालीकाका मेयर टिकाराम खड्काले एक वर्षमा जनतासंग जोडिएका धेरै कामहरु सम्पन्न भएको बताउँनुभएको छ । सोमवार तुलसीपुरमा पकारहरुसंगको  सुझाव संकलन कार्यक्रममा मेयर खड्काले जनताले प्रत्यक्ष देख्ने गरि काम नभएको भनीएपनि जनताकै लागि धेरै कामहरु भईसकेको बताउँनुभयो । उहाँले आर्थिक बर्ष २०७९/०८० मा २८ करोड ५१ लाख राजश्वसंकलन भएको जनकारी दिदै यो गत बर्ष भन्दा चार प्रतिसतले बढी भएको बताउँनुभयो । उहाँले शिक्षा र स्वास्थ्य संग जोडिएका धेरै कामहरु भएको बताउँनुभयो ।

उहाँले स्वास्थ्य तर्फ धेरै उपलब्धिमुलक कामहरु भएको भन्दै मेट्रो अस्पतालमा दरवन्दी व्यवस्थापन गरी विशेषज्ञ सेवा सुरु गरेको , विपन्न नागरिकलाई औषधी उपचार सहयोग गरेको , सुत्केरी जेष्ठ नागरिक, विपन्नलाई एम्बुलेन्स सेवा निःशुल्क स्मार्ट छोरी कार्यक्रममा हाल सम्म १ हजार ४० जना रहेको बताउँनुभयो ।

यस्तै शिक्षा तर्फ पाठ्यक्रम निर्माण गरि पाठ्यपुस्तक प्रकाशन, शिक्षक दरवन्दी मिलान,६ वटा विद्यालय भवन निर्माण, मेट्रो कलेज भवन निर्माण, ७१ जना छोरीहरुलाई निःशुल्क रुपमा डिल्लोमा तह अध्ययन गराएको जानकारी दिनुभयो।

यस्तै सडक पूर्वाधार तर्फ एक बर्षमा १७ दशमलब ६८ किमी सडक कालोपत्रे भएको , पक्की नाला ५.४८ किलोमिटर र ग्रावेल ३०.३ किलोमिटर भएको बताउनुभयो ।

यसैगरी भुमिहिन र अव्यवस्थीत बसोबासीको तथ्याङ संकलन, जग्गा नापजाँप कार्यसुरु, किसानाई क्रेडिर्ट कार्ड वितरण देखि विभिन्न कामहरु सम्पन्न भईसकेको बताउँनुभयो।

अवका दिनमा तुलसीपुर बजारलाई शुन्दर हराभरा बनाउँनका लागि सिसी टिभी जडान ,अटो रिक्सालाई व्यवस्थापन र बजार व्यवस्थापनलाई संगै सफा शुन्दर बनाउँनका लागि तत्काल फोहर व्यवस्थापन गर्ने ,उज्यालो तुलसीपुर अन्तर्गत तुलसीपुरमा तत्काल बसपार्क र अन्य चेकहरुमा हाइलेक्स बत्ति जडान गर्ने बताउनुभयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले अव उपमहानगरपालिकाको २५ करोड रकम मात्र आर्थिक दायित्व भएको भन्दै त्यसलाई आगामी बर्षमा तिरिसक्ने गरि काम अगाडि बढाउँने योजना रहेको बताउँनुभयो।

सुझाव संकलन कार्यक्रममा पत्रकार महासंघका जिल्ला सहसचिव दिप्तीशिखा चौधरीले पातुखोलाको फोहरले त्यहाँ वरपर बस्नै नसक्ने अवस्था आएको भन्दै त्यसलाई तत्कार व्यवस्थापन गर्न अनुरोध गर्नुभयो ।

पत्रकार नारायण खड्काले जनताप्रती उत्तरदायी भएर काम गर्न हिम्मतका साथ अगाडि बढ्नुपर्ने सुभाव दिनुभयो । बजारकै सडक खाल्डाखुल्डी हुनु, अब्यवस्थीत, नागरीकहरुको अशुरक्षा महशुस गर्नु , शिक्षा, स्वास्थ्य लगाएत नागरीमुखी काममा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर सेन्टरको रुपमा परिचित भयो । तरकारीमा विषदि ,बधसालामा निगरानी कसले गर्ने ?रेडियो प्रकृतीका स्ेटसन म्यानेजर ओपेन्द्र बस्नेतले जीज्ञासा राख्नुभयो

पत्रकार चेतन रेग्मीको प्रश्न थियो तुलसीपुर क्षेत्रमा बृक्षारोपण गरिदै आएपनि ति विरुवाहरु हुर्कन नपाउँदै मर्ने गरेका छन यसतर्फ कसले ध्यान दिनुपर्ने हो ?

त्यस्तै पत्रकार बंशिकुमार शर्माले तुलसीपुरको फोहर आफुहरुको घर–खेतमा जाने गरेको भन्दै यसलाई व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।

पत्रकार आसिष केसीले तुलसीपुरमा अटो रिक्साको व्यवस्थापन नहुँदा र मापदण्ड विपरित सञ्चालन हुँदा र छाडा चौपायाहरुको विगविगीले पनि दैनिक दुर्घटनाको जोखिम बढेको छ यसमा कसले ध्यान दिनुपर्ने हो?

तुलसीपुरलाई स्मार्ट सिटीको रुपमा घोषणा भएपनि स्मार्ट सिटीको अनुभुति कहिले हुन्छ ? पत्रकार एकराज भण्डारीले जिज्ञासा राख्नुभएको थिया

एक बर्ष भित्र गरेका कामको समिक्षा गर्दै मेयर खड्काले बिभिन्न पत्रकारहरुले सुझावहरु माग्नुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्