भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई डङ्गौरा थारुहरुले अष्टिम्की अर्थात कृष्ण जन्माष्टमी भन्दछन् । यस पर्वलाई महिलाहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । भाद्र महिनाको अष्टमी तीथीमा कृष्ण ( कान्हा ) लाई टिको लाएर मनाईने चाड भएकाले यसलाई थारु भाषामा अष्टिम्की भन्न थालीएको हो । यस वर्ष भाद्र वीस गते परेको छ ।
अष्टिमकीको दिन गाउँको मटावाको घरमा बैठक कोठा अर्थात (बह्री) मा स्थापीत अन्न राख्ने भाँडो डेहरीमा ढुङ्गाले पिधेर बनाईएको चामलको झोलले पोतीन्छ । थारु लोकचित्रकलाले त्यसमा थारु लोककला चित्रण गर्छन । थारु लोकचित्रकार दाङ कचिला गाउका डम्वर चौधरीका अनुशार चित्र बनाउने रङ सम्भव भएसम्म प्राकृतीक बस्तु बाट नै बनाईन्छ तर अब भने बिभीन्न थरीका रङ बजारमा आएकाले त्यहि रङ प्रयोग गरेको देखीन्छ । जस्तो सुकेको लौका आगोमा पोलेर त्यसको कोयाला बाट बाईएको कालो रङ ,सीमीको पात पिधेर नीकालीएको हरीयो रङ ,गेरुले बाईको रातो रङ । त्यस्तै चित्र कोर्ने कूचिको निर्माण पनि बाँसलाई पेन्सील आकारमा काटेर बनाईएको हुन्छ ।
डेहरीको माथील्लो भागमा माटोले चार वटा टाउका बनाईएको हुन्छ जसलाई थारुहरुले बरमुन्हा भन्दछन् । बरमुन्हा रावण को थारु नाम हो । थारु सस्ंकृतीमा रावणको महिमा रामको पुरुषार्थको तुलनामा धेरै छ । डेहरीको चारै तर्फ फ्रेम आकारको त्रीभूजाकार बुट्टा भरीन्छ यहि फ्रेम भित्र दाहिने तर्फ सुरज भएर (सुर्य ) र देव्रे तीर चन्द्रमाको चित्र बनाईन्छ ।
थारु लोक सस्ंकृतीविद अशोक थारुका अनुशार थारु लोककाब्यमा गाईने समरौटि अर्थात प्राथनामा अनेकौँ देवी देवताहरु मध्येमा सुरज सुरज भरारलाई स्मरण गरेबाट र चित्र बनाई पूजा गरेमा थारु सस्ंकृती मा सुरज भरारको महिमा नीकै रहेको स्पष्ट हुन्छ । सुरजभरार मुनी लंहगा धारण गरेकी पांचवटि द्रौपदी चित्रीत हुन्छिन् । पाँच वटि द्रोपती चित्रीत गर्नुको आशय पांच पाण्डवहरुमा द्रौपदीप्रतीको मनोबिज्ञान छल्काउनु रहेको कुरा स्पष्ट हुने गर्दछ ।
यस मूनीको पंक्तीमा पाँच पाण्डवहरु चित्रीत हुन्छन् । कुनै पाण्डवले छाता ओढेका हुन्छन् भने कसैले मादल भिरेको बनाईएको हुन्छ पाण्डवलाई बिचमा डोलीको चित्र हुन्छ । यसै डोलीमा आसिन गराएर पाण्डवहरुले द्रौपदिलाई भित्राएका हुन् भन्ने भन्ने कथन छ । सबैभन्दा तल बासुकी नाग बनाईदिएकी हुन्छिन् थारु महिलाले । त्यसमाथी चित्रकारले जलाम्य देखाएका हुन्छन् । दुई वटा बासुकी नागको बिच बाट चित्रकारले कदम्बको बृक्ष उमारेका हुन्छन् । कान्हा अर्थात कृष्णलाई यो बृक्ष धेरै प्यारो लाग्थ्यौँ रे । यस्र्त चित्रकारले जलमा गोहि , गंगटा ,माछा, कछुवा चित्रीत गर्दछन् भने कदम्बको रुखमा बाँदर हुन्छ । समग्रमा यस प्रकारको आलेखनले सृष्टिको उत्पती देखी बिकाश क्रमका बारेमा बोल्छ ।
थारु चित्रकारले यसरी चित्रण गरीरहेको हुन्छ भने थारु महिला अर्थात थारु गोपीनीहरु बिहानै देखी अष्टिम्की पूजनको तयारीमा ब्यस्त देखीन्छन् । माटाका पाला , गरगहना खली (पिना ) ले माझेर टलक्क टल्काउछन् । घर आंगन लीपपोत गरी आफु पनी सफा हुन्छन् । कृष्ण अर्थात कान्हालाई चढाउनका लागी कान्हको प्रीय बस्तु मानीने घुन्यासरको फुल,काक्रो,अमीलो,मेवा जम्मा गदर्छन् । जव जव साँझ पर्दै जान्छ गोपीनीहरु श्रंगार पटारमा जुट्छन् ।
अध्यारो रात जुनकीरीको झीमीक झीमीक प्रकाश र ताराको चमकले त्यसै अधेरी रातलाई चकमन्न पारीदिएको हुन्छ । श्रंगार गरी जव ब्रतालु थारु गोपीनीहरु थालमा चामल ,चामल वरीपरी घुनयासरको फुल ,मेवा,कागती अमिलो जस्ता फलफुल,चामलको बिचमा धपधप बलेको बत्ती हातमा लीएर घर घर बाट लामका लाम मटाँवाको (गाउँको मूख्य मान्छे ) घर तीर नीस्कन्छन् त्यो सौन्दर्य त्यो रातलाई मोहित पारीदिएको हुन्छ । दर्शकहरु मोशित हुन्छन् । कान्हा झनै कसरी मोहित नहोउन् ।
अष्टिमकीको दिन पूजन स्थलमा ओछ्याईएको गुन्द्रिमा व्रतालुहरुले आफनो पूजन सामग्रीहरुमा कान्हा (कृष्ण भगवान )का लागी खीर खाने चामल खन्याउछन् र त्यस वरीपरी फुल राख्छन् भने चामलको माथी बत्ती राख्छन् । पहिला मटाँवाकी पत्नीले अष्टिम्की चित्र सबैमा सीन्दुरको टिका लगाईदिन्छिन् लोटाको जलले आचमन गर्छिन त्यपछि त्यसैगरी सम्पूर्ण ब्रतालुहरु पुजन गर्छन् र घर–घर फर्केर फलफुल दहि खाएर मध्यरातमा पून ः पूजन स्थल फर्कीन्छन् र गीत गाउन सुरु गर्दछन् ।
पूजा गर्दै घरमूली
सीरीजीट गईलरी जलथर ढरटि
सीरीजीट गईलरी कईला कुश डाव
अहोरात्र अष्टिम्की गाउन चलीरहन्छ । दुना टपरी खुटेर गाईरहन्छन् ब्रतालुहरु यो संगै माटाको बत्ती नीभ्न हुदैन अन्यथा सोचेको ईच्छा पूरा हुदैन भन्ने जनबिश्वासका आधारमा ब्रतालुहरु आ– आफनो बत्तीमा तेल थपीरहन्छन् ।
अष्टिमकी पर्वको दोस्रो बिहान ब्रतालुहरु फेरी घर–घर बाट टपरी लीएर पुन ः श्रृंगार गरी पुजन स्थलमा जान्छन् । गीत गाउदै उसैगरी टिक्छन् ।
भाउ भिनसरीया मुर्घा एक बोलल
कब बसब्या मुर्गा डईचरा खईबिरी कईटा भाट
टपरीमा फलफुल र बत्ती राख्छन् । नजीकको खोला नदिमा प्रशादयूक्त टपरी बगाईदिन्छन् । नदिमा धिपधिप बल्दै बग्दै बग्दै गएको प्रशातको टपरी गोकुलको जमुनामा पुग्छ जँहा कान्हाले ( कृष्ण ) उक्त प्रशाद लुटिलटि खान्छन् भन्ने थारु लोक काब्यले जनाउँदछ ।
नदिमा प्रशादयूक्त टपरी सेलाउदै थारु गोपीनी
बर्तालुहरु नुआई धुवाई गर्छन आ–आफनो घर फर्कीन्छन् । सील्टुङ्ग (गेडा ) मिसाईएको परवरको साग ,पाप्रो (गब्डा ) ,चिचिण्डो (कैठा ) तीन अथवा सात प्रकारको तरकारी ,भात , घिउ अग्नीमा अर्पन गरी आफना दिदि बहिनीहरुका लागी टपरीमा अग्रासनको रुपमा छुट्याई आफुले खान्छन् । छुट्याईएको भाग अग्रासनको रुपमा दिदि बहिनीको घर दिन जाने प्रचलन रहिआएको छ । जुन भातृ प्रेमको प्रतीक हो ।
अग्रासन
यसरी यो अष्टिमकी पर्व समाप्त हुन्छ । यस पर्वलाई डङ्गौरा थारुहरुले परापुर्वकाल बाट मनाउदै आएका छन् । भागवत पूराणमा आधारीत यो लोक चित्रकला डङ्गौरा थारु सस्ंकृतीमा भित्रीनु अनुसन्धेय रहेको थारु सस्कृंतीबिदहरुको ठहर छ ।
पछिल्लो समय बजारमा पाईने पोष्टकार्डमा टिक्ने प्रचलन पनि बढ्दै गएको देखिन्छ । यसले गर्दा पछिल्लो पुस्तामा थारु लोकचित्रकारहरु जन्मन नसक्नु या पछिल्लो पुस्तामा थारु लोक सस्ंकृतीप्रती कुनै प्रकारको चासो नदेखिनु भन्ने बुझिन्छ । पछिल्लो पुस्तामा थारु लगाव , रहनसहन , सस्कृतीलाई आत्मसम्मान नगर्नुले थारु लोकपरम्परा विस्तारै लोप त हुदैन भन्ने थारु लोकसंस्कृतीविद्हरुको चिन्ताको विषय बन्न पुगेको छ ।