रैथाने उत्पादन र सिपलाई ब्यवसायीकरण गरौँ ः पाण्डे

उधमीको बाटोमा थारु महिला


May be an image of 5 people, temple and text

सुर्यौदय महिला ढकिया समुहका अध्यक्ष शर्मा चौधरी सफल ढकिया ब्यवसायी हुनुहुन्छ । २०७८ बैशाखमा २५ दिने तालीम पश्चात ढकिया बनाउँन सुरु गरेकि शर्मा अहिले हस्तनिर्माी बस्तु बेचेर मनग्य आम्दानी गरिरहेको बताउँनुभयो । उहाँले घर खर्च मात्र नभई छोराछोरी पढाउँने, गरगहना जोड्न समेत सफल भएको बताउँनुभयो ।

द्यंगीशरण २ कि वडा सदस्य लुमा चौधरी पनि तालीममा सहभागी हुनुभयो । गनारी महिला ढकिया समुहबाट सहभागि भएकि लुमा वडाको काम संगसगै ढकिया उत्पादन गरि बजारीकरण गर्नुहुन्छ । श्रम र लगानी अनुशारको आम्दानी नभएपनि आफनो सस्ंकृती बचाउँनका लागि लागिपरेको बताउँनुभयो ।

No photo description available.
यस्तै रुपनी चौधरीले तालीम पश्चात काम गर्ने जागर चलेको बताउँनुभयो । दैनीक यो कामलाई निरन्तरता दिई ब्यवसायीक बन्ने तरीकाले अगाडि बढ्ने बताउँनुभयो । सिप सिकेर अरुलाई सिकाउँन पनि पाईने आफु ब्यवसायी पनि भईने भएका कारण लागिपर्ने बताउँनुभयो ।
सहभागि दंगीशरण ३ कि लखपती चौधरी यो पहिलो तालीम भएको बताउँनुभयो । घरमा पनि कहिलै ढकिया बुन्ने काम नगरेको भन्दै तालीम पश्चात ब्यवसायीक बन्ने तरीकाले काम गर्न ईच्छा जागेको बताउँनुभयो ।

May be an image of 7 people
तुलसीपुर ८ बटोलपुरमा आज शुक्रबार सम्पन्न भएको ढकिया बुनाई तालीममा सहभागि थारु महिलाहरुले यस्तो बताएका हुन् । तालीममा कोहि शुन्य बाट शुरु गरेका थिए भने कोहि ब्यवसायीक तरीकाले अगाडि बढिसकेकाहरुको सहभागिता रहेको थियो ।

तुलसीपुर ८ वटोलपुर ,दंगीशरण गाउँपालिकाका खलुवाचिस ,लौवस्ता ,मौलि ,चखौरा,हेकुली र सरुवाडाडाका गरी जम्मा ३४ जना थारु महिला ढकिया बुन्ने तालीममा सहभागि जनाएका थिए । २५ दिन सम्म संचालन भएको तालीमको प्रशिक्षकमा शुसीला चौधरी रहनु भएको ग्रीन फाउण्डेसनका सचिव शुरस रावतले जानकारी दिनुभयो ।

रैथाने उत्पादन र सिपलाई ब्यवसायीकरण गरौँ ः पाण्डे

कार्यक्रमका प्रमुख अतीथी तथा ग्रिन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले आदीवासी जनजाती,स्थानीयवासीहरुलाई उत्थान गर्नका लागि कच्चा पदार्थको उपयोग गर्दै ग्रीन फाउण्डेसनले ब्यवसायीक तालीमलाई अभियानका रुपमा अगाडि बढाएको बताउँनुभयो । गएको वर्ष मात्रै नेपालमा सहज रुपमा उत्पादन गर्न सक्ने स्थानीय सामग्री विदेशबाट १८ खर्बको आयात गरिएको बताउँनुभयो । उहाँले रैथाने उत्पादन, सिप र योग्यतालाई उत्पादनमा बदल्नु पर्ने बताउनुभयो ।

हिजोका दिनमा थारु समुदाय आत्मनिर्भर भएपनि अहिले आएर सिपकलालाई ब्यवसायीक तरीकाले परिमार्जन नगर्दा विस्थापित हुने अवस्थामा आएको बताउँनुभयो ।उधमशिलता समृद्धि संग जोडिनुका साथै पहिचान र परिचय वदल्न हरेक मान्छे उधमशिलतासंग जोडिन आवश्यक रहेको बताउँनुभयो ।

अवका दिन विदेशबाट सामान ल्याउनमा पुर्ण रुपमा रोक लगाई राज्यले आयआर्जनमुखी कार्यमा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले जनजातीहरुको पहिचान हस्तनीर्मीत वस्तुहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिएका थिए । आफनो सिपलाई पुस्तानान्तरण गर्न सके अझ ब्यवसायीक तरीकाले लैजान सहज हुने उनीहरुको भनाई थियो । हस्त निर्मात वस्तुहरु लोप हुने अवस्थामा गएको हुँदा यसलाई जोगाउँनु पनि जनजाती समुदायको दायीत्व रहेको बताए ।

May be an image of 7 people, hospital and text

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका–८ का वडा अध्यक्ष धर्मराज वली, २ का वडा अध्यक्ष भिम बहादुर योगी, दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरी, लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिका पूर्व उपमेयर माया आचार्य, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, महिला अधिकारकर्मी सिमा न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशीखा चौधरी लगाएतले बोल्नुभएको थियो ।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षतामा भएको तालीम कार्यक्रमको सहजिकरण ग्रीन फाउन्डेसनका दिपक परियारले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्