ग्रीन फाउण्डेसनको उधमी यात्रा



No description available.

मुलुकको आर्थिक समृद्धिका लागि वनको दिगो व्यवस्थापन र समुदायको सहभागिता बढाउन ग्रीन फाउण्डेसन लागिपरेको छ । सोहि अनुरुप तालीम, गोष्ठि, अभिमुखीकरण संगै अवलोकन जस्ता थुप्रै कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

२०८० कार्तीक १५ गते ग्रीन फाउण्डेसन नेपाल दाङले अवलोकन तथा निरीक्षण भ्रमणका लागि बर्दिया तर्फ प्रश्थान ग¥यो । ग्रीन फाउण्डेसनका सचिव सुरेस रावतको नेतृत्वको टोली दिउसो १२ः३० बजे दाङको तुलसीपुरबाट भ्रमणका लागि निस्कीएको थियो । होमस्टे संचालन कसरी गर्ने,के के गर्नुपर्छ,उधम समुह कसरी गठन गर्ने, सक्षम उधम कसरी बन्ने,कृषि वन उधम सहकारीलाई कसरी फस्टाउँन सकिन्छ सोहि कुराको अध्ययन गर्ने उद्धेश्यले अवलोकन भ्रमणको आयोजना गरिएको हो ।

तुलसीपुरबाट थालीएको यात्रा नेपालगंज पुगेर एक उधमीकँहा पस्यो । जँहा थारु महिलाहरु हस्तकला बुनाईमा ब्यस्त देखिन्थे । विभीन्न प्रकारका हस्तनिर्मीत बस्तुले सबैको ध्यान त्यहि वस्तुमा नै केन्द्रित भयो ।

खजुरारोड धम्बोजी स्थित उपहार हस्तकलाकि अध्यक्ष अन्जली चौधरी हस्तकला सामग्री निर्माण र बजारीकरणमा सहजता कसरी ल्याउँन सकिन्छ भन्ने विषयमा जानकारी दिनुभयो । एक वर्ष देखि निरन्तर रुपमा हस्तकला ब्यवासायमा रमाउँदै आएकि अञ्जलीको अहिलेको ब्यस्तता र कमाई गर्ने बाटो भनेकै हस्तकला हो ।

६ जना महिलाहरुले संचालन गरेको उपहार हस्तकला अहिले नेपालको धेरै जिल्लामा उपहार दिदै आएको छ । अञ्जली लगाएत हस्तकलामा चम्पा चौधरी, गोदावरी चौधरी, शुसीला चौधरी, मन्जु चौधरी र दुर्गा चौधरी छन् । हस्तनिर्मीत वस्तुहरु नेपालगञ्ंजकै कोशेली घरमा राख्नुका साथै अन्य जिल्लामा पनि पठाउँदा माग अनुरुप पु¥याउँन नसकेको उहाँले बताउँनुभयो ।

“हामी कुनै पनि वस्तु खेर जान दिदैनौँ । मुँज, केराको रेसादार भाग, लसुनको डाँठ, मकैको पात, थाकल लगाएतका प्राकृतीक वस्तुहरुको सदुपयोग गरि शुन्दर खालका हटकेस, वाईन ब्याग, फुलदानी, ह्यान्ड ब्याग, साईड ब्याग, ज्वैलरी बक्स, डस्टबीन लगाएतका वस्तुहरु निर्माण गर्दछौँ । छोटो समयमा धेरै माग भएकाले माग अनुशार पु¥याउँन सकेका छैनौँ । १ सय ८० रुपैँया बाट ३ हजार सम्म सामानको मुल्य तोकिएको छ । पेनदानी एक दिनमा १० वटा बनाउँछौँ तर पनि पु¥याउन सकेका छैनौँ । ”– अञ्जलीले भन्नुभयो ।

“म १५ दिनको तालीम पश्चात ब्यवसाय सुरु गरेको हो । अहिले एक वर्ष भयो । हस्तकला सामाग्रीको माग अत्यधिक छ । अव विदेश तीर पनि पठाउँने सोचमा छौँ ।”उँहाले भन्नुभयो । उसो त थारु समुदाय जल, जमीन,प्रकृतीसंगको नजिकको सम्बन्ध छ । त्यसैले थारु समुदायको सिपकला पनि प्रकृतीमा नै निर्भर रहेको पाईन्छ ।

No description available.

उपहार हस्तकलाको अवलोकन पश्चात ग्रीन फाउण्डेसनको उधमीहरुको टिम सिधैँ बर्दिया डल्ला होमस्टेतर्फ लाग्यो । करीव रातको ९ बजे पुगेको टोलीलाई स्वागत गर्न थारु यूवतीहरु गेट नजीक फुलमाला लिएर कुरीरहेका थिए । टोली पुग्नासाथ ऋाफनो घरमा फुलमालाले स्वागत गरेर लग्नुभयो । ३५ जनाको टोलीलाई होमस्टेको क्षमता अनुशार विभाजन गरीयो । हाईवय देखि १८ किलोमिटर देखी टाढा रहेको होमस्टेमा न्यानो सत्कार र सम्मान पाउँदा सबै जना खुसी भयोँ । त्यँहाका थारुहरुको रहनसहन चालचलन अनुशार साँझको खाना खायो । लोकल खाना स्वाद नै फरक । हामी थपिथपि भोकाएको पेट भ¥यो । दिनभरीको यात्राले थाकिएको शरीरलाई आराम चाहिएको थियो । तर त्यँहा हरेक दिन पाहुना जादा थकान मेटाउँनका लागि थारु नाच देखाईदो रहेछ । घडिले १० बजाउँदै थियो । होमस्टे देखि केहि टाढा हामीलाई नाच हेर्नका लागि जान आग्रह गर्नुभयो । हामी रमायौँ ।

नाच घर ब्यवस्थापक तथा संचालक मंगल थारुको पछि लाग्यो । थारु कलाकारहरु (थारु यूवती ) सिंगारीएर पहुनाहरुलाई कुरीरहनुभएको थियो ।
“मंगल थारु आफुहरुले थारु कला संकृतीलाई बचाईराख्नका लागि होमस्टे संचालन सगैँ पारिवारीक जमघट, पाहुनाहरुलाई आफनोपन दिलाउँनलागि थारु सांस्कृतीक कार्यक्रम संचालन गरेको बताउँनुभयो । थारुहरु दिनभरीको थकान मेटाउँन साँझ नाच्छौँ । होमस्टे आफनो घर हो । आफनो घर सम्झेर आराम गर्न आउँनुभएका जो कोहि पाहुना आफनै परिवार सम्झेर घरमा बाँस बस्नुहुन्छ र आराम गर्नुहुन्छ । हामी भान्सामै खाना दिन्छौँ । पहिले पाहुनालाई खुवाउँछौँ पछि हामी खान्छौँ । यो सबै थारु जातीको सभ्यता र रहनसहन हो । गाउँसंग सटिएको राष्ट्रिय निकुञ्ज वन्यजन्तुले आक्रमण गरिरहने बस्ती हो । तर वन्यजन्तु संरक्षणमा लागिपरेका छौँ । राती १२ , १ बजे सास्ंकृतीक कार्यक्रम सकिएपनि हामी घरघरमा जान्छौँ । अहिले बाघ भालु हामीलाई चिनीसके । जीवजनावर देख्छन् तर मान्छे देख्दा आक्रमण गर्दैनन्न ।” मंगल थारु अनौठो प्रकारको कुरा सुनाउँनुभयो ।

No description available.

हामीलाई स्वागत संगै डल्ला होमस्टेको परिचय दिईसकेपछि तीन वटा नाच देखाईयो । मंजीरा, झुम्रा र मघौटा । जुन थारुहरु कुनै पनि समयमा नाच्न सक्छन् । दाङमा नाचिने सख्या पैँया नाचलाई त्यँहाको थारुहरुले मंजीरा नाच भन्दोरहेछन् । तीन वटा थारु नाच हेरेर रमाएका हामीहरु कार्यक्रमको बिचमा ग्रीन फाउण्डेसनका सचिव सुरेस रावतको त्यहि दिन परेको जन्म दिन मनायोँ । अन्यन्त्र बाट आएका पाहुनाहरु पनि जन्मदिनमा सरीक हुनुभयो र रमाउँनुभयो । दिनभरीको यात्रामय थकाई एकछिनको मनोरञ्जनले मेटाईदियो ।

No description available.

दोस्रो दिनकोे यात्रा टिकापुर तर्फ लाग्यो । बिहानको ८ बजीसकेको थियो । होमस्टे नजीकै रहेको बाँसद्धारा निर्मीत बासघरको अवलोकन गरियो जुन एक करोडको लगानीमा निर्माण भएको रहेछ । बिदेशको एक सस्ंथाले सो घर निर्माणमा सहयोग गरेको मंगल थारुले जानकारी दिनुभयो ।

No description available.

बर्दियाको मैनापोखरा, खैरापुर हुदैँ टिकापुर ७ सत्ती कैलालीमा रहेको सती कर्णाली सामुदायीक वन उपभोक्ता समुहको कार्यालयमा गयो ।

जँहा ग्रीन फाउण्डेसनका प्रशिक्षक लोकराज पन्तले भ्रमणको उद्धेश्य माथि प्रकाश पार्नुभयो । वन उपभोक्ता समुहका पल बहादुर बस्नेतले बेद बाँसका बारेमा जानकारी दिनुभयो । ३ सय ९ हेक्टर क्षेत्रफलमा रहेको बेद बाँस चिस्यान भएको ठाउँ भएकाले छिट्टै तयार हुने बताउँनुभयो । जिल्लामा २०÷२५ वटा सम्म फर्ममा पठाउँने र बाकिँ बाहिरी देशमा बढि खपत हुने गरेको जानकारी दिनुभयो । नेपालमा यसको उपयोग धेरै भएपनि ब्यवसायीकरणमा लाग्ने मान्छेको कमीले ब्यवसाय फस्टाउँन समस्या भएको उहाँको भनाई थियो । अहिले कार्यालयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ सय जना रोजगारीमा जोडिएका रहेछन् । आजभोलीको सित पर्ने मौसममा बिग्रीने भएकाले बैशाख महिनामा यसको उपयोग गर्न सकिन्छ । यसमा ६६ प्रतीशत पानीको भाग हुने गर्दछ भने यो पाँच वर्षमा तयार हुने र फर्निचरका सामग्री गुणस्तरीय बन्ने उँहाले बताउँनुभयो । वन उपभोक्ताले अहिले सम्ममा थुप्रै तालीम संचालन गरेपनि तालीम पश्चात काम गर्ने मान्छेको कमी नै देखीन्छ । बेद बाँसको ब्यवसाय पश्चात वन उपभोक्ताले अहिले समाज सेवाका लागि एम्बुलेन्स समेत संचालनमा ल्याएको छ ।

No description available.

बेद बाँसको अवलोकन पछि टोली नजीकै रहेको तीलगंगा वेदबाँस फर्निचर उधौगमा पुग्यो । जहाँ उधमी कामदारहरु काममा ब्यस्त देखिन्थे । उनीहरुलाई कुरा गर्न समेत फुर्सद थिएन । कुरा गर्दा पनि हात चलाईरहे । उधौग संचालन गरेको ४ वर्ष भयो । दैनीक १६ जना काम गर्नका लागि उधौगमा आउँदा गर्दछन् । उधौगमा काम गरेर परिवार पाल्दै आएकाहरु ठुलो फर्नीचर दिनको दुई वटा साना सामग्री दुई देखि तीन दिन भित्र तयार पार्ने गरेको सुनाए । ५५ बर्षको पिढी देखि भरखर २५ वर्षका युवाहरु पनि ब्यवसायमा तल्लीन देखिन्थे । उधौग संचालन भएको ४ वर्षको अवधिभर कुनै प्रकारको समस्या नभएको र सामानहरुको माग अत्यधिक रुपमा हुने गरेको उधौगका प्रोप्राईटर भरतलाल विश्वकर्माले बताउँनुभयो । “नेपालभरी नै हामी सामान पठाउँछौँ ।”– उहाँले भन्नुभयो ।

No description available.

बेदलाई गुणस्तरीय र राम्रो देखाउँन मेसीनबाट माथीको बोक्रा फालीदोरहेछ । बर्षौ देखि काम गर्दै परीवार पाल्दै आएका उधमीहरुसंग मिठो भलाकुसारी भयो । हरीराम चौधरी र सिता चौधरी श्रीमान श्रीमती हुनुहुन्छ । उहाँहरु संगसंगै काम गरेको देख्दा खुसी लाग्यो । “जहाँ पनि परिश्रम गर्ने हो । हामी संगै काममा आउँछौँ संगै घर जान्छाँै । आफु र परिवार पाल्दै आएका छौँ । खुसी छौँ । आफुले जती बनाउँन सक्यो त्यती पैसा आउँछ ।”– हरीरामले अनुभव सुनाउँनुभयो । नेपालु चौधरी ५५ वर्षको पुग्नुभयो । तर काम गर्नमा एकदमै लगनसिल । “आफनो खर्चका लागि कमाएकै छु , माग्नु परेको छैन । भोकै बस्नु परेको छैन ।”– फिस्स हास्दै भन्नुभयो ।

बेद बाँसको उपयोग, प्रयोग, प्रशोधन, बजारीकरण कसरी गर्ने भन्ने विषयमा जानकारी लिएपछि टोली फेरी पनी टिकापुर १ कैलालीमा रहेको मालिका महिला उधमी कम्पनी प्रा.ली.मा पुग्यो । जहाँ महिलाहरु मस्योरा बनाईरहेका थिए । मालिकाले मस्योरा मात्र नभएर विभीन्न प्रकारका अचार,सातु,सिन्की,गुन्दु्रक,सुकुटिहरु बनाएर बिक्री गर्दोरहेछ । १७ जना महिलाहरु रहेको उधम संचालन भएको एक वर्ष भएको रहेछ । एक वर्षको अवधिमा साढे ३ लाख बचत गर्न सफल भएको उधौगका अध्यक्ष कल्पना जैसीले बताउँनुभयो । उहाँले उत्पादन गरेका सामग्री क्वीन्टलका हिसावले माग हुने गरेको र पछिल्लो समय माग अनुरुप पु¥याउँन नसकेको बताउँनुभयो । केहि आफैले उत्पादन गरेका र केहि किसानबाट खरीद गरेर ल्याएर गुणस्तरयुक्त तरीकाले सामान तयार गरि जिल्ला भित्र र बाहिर जाने गरेको बताउँनुभयो । सिन्की र गुन्द्रुकको माग अत्यधिक हुने भएकाले माग अनुरुप पुर्ती गर्न समस्या भएको बताउँनुभयो ।

No description available.

No description available.

महिलाहरुले संचालन गरेको उधम अवलोकन पछि दाङको उधमी टिम सोहि वडामा रहेको महिला जागरण बहुउद्धेश्यीय सहकारी सस्था तर्फ लाग्यो । महिलाहरु आफनो श्रम बाट सहकारी मार्फत तेल मिल संचालन गरेका रहेछन् । ग्रीन फाउण्डेसनका कोषध्यक्ष केपि भण्डारीले सहकारी मार्फत महिला उधमीहरुलाई कसरी जाृडेर लैजान सकिन्छ ?, कृषि र वन स्तरबाट प्राप्त हुने स्रोतबाट कसरी उधमी बन्न सकिन्छ ? लगाएतका बिषयमा जानकारी लिन भ्रमणमा आएको कुरा प्रष्ट पार्नुभयो । सहकारीका अध्यक्ष सोभा शर्माले महिलाहरु आर्थीक रुपले बलीयो भई बचत तथा ऋण लगानी गर्नसक्ने, महिलाहरु पनि आत्मनिर्भर हुनुपर्दछ भन्ने उद्धेश्यका साथ सहकारी संचालन गरेको बताउँनुभयो । प्रत्येक सेयर सदस्यबाट १० हजार २ सय रुपैँया सेयर शुल्क लीएर सहकारी संचालन गरेको बताउँनुभयो । सुरुवातीको अवस्थामा खुल्ला चउरमा बसेर छलफल,बैठक, कार्यक्रम गरेर सस्थालाई अगाडि बढाउँने उद्धेश्यका साथ लागिपरेको भन्दै अहिले अहिले ४ वर्षको अवधिमा ४ करोड मौज्दात राख्न सफल भएको बताउँनुभयो ।

सहकारीका उपाध्यक्ष राधा रावलले महिलाहरुको सक्रियतामा छरीएर रहेको पुँजी एम भएको बताउँनुभयो । उपाध्यक्ष रावलका अनुशार–“शुद्ध तोलीको तेल बिक्री वितरण गर्ने उद्धेश्यले सहकारीले तेल मिल संचालनमा ल्याएपछि तोली स्थानीय उत्पादनमा बढावा पाएको छ । सुदुपश्चिमका ९ जिल्लामा अहिले तोलीको तेलको माग भएको छ । ४३ जना महिला सेयर सदस्यबाट शुरु भएको सहकारी अहिले १ हजार महिलाहरु सेयर सदस्य छन् । स्थानीय तोली किनेर तेल पेल्न थालेपछि स्थानीय किसानहरु ब्यवसायीक रुपमा फस्टाउँदै गएका छन् । सहकारीमा दैनीक काम गर्ने ५ जना कर्मचारी छन् भने एक जना तेल पेल्नका लागि पुरुष कर्मचारी छन् । अवको उद्धेश्य भनेको ब्यवसायलाई ब्राण्डिङ्ग गर्ने हो । अहिले सेयर सदस्यहरुबाट पिना साटेर तोरी ल्याउँने गरेको छ । तोरी मात्र नभएर पिनालाई पनि सहकारीले सदुपयोग गरेको छ ।”

ढकिया उधम, वेद बाँस उधम, साध्यान्न उधम, तेल उत्पादन जस्ता उधमीहरुको संगको भेटघाट तथा अवलोकन पश्चात मनभरी उधमी बन्ने सपना बुनेर टोली चिसापानी तर्फ लाग्यो । बिहानको खाजा ढिक्री र चिया खाएर निस्केको टोलीलाई फस्टाउँदा उधमहरु हेर्दाहेर्दै भोक लागेको पत्तो पाएन । जव बस चढ्यो अनी मात्र भोकको अनुभव गर्न थाल्यो । आफुसंग भएका खानेकुरा बाडिचुडी खान थाल्यो । टिकापुर बाट जानकी गाउँपालिका,दुर्गौली कैलाली, लम्की हुदै रमाउँदै चियापानी पुग्यो । खानाका लागि एक होटेलमा छि¥यो । भोकाएकाहरु क्हिकतै नहेरी अगाडि परेको खाना खान थाल्यो । घुम्न भन्दा पनि अध्ययन गर्न गएको टोली चिसापनीमा एकछिन् रमाउँन रुचि जगाएपछि डेढ घण्टा जती चिसापानीमै घुमेर रमायोँ । करीव करी ५ बज्नै लागेको थियो । सुर्यले पश्चिम दिशा छोड्दै थियो । गाडि दाङको यात्रातर्फ लाग्यो । नाच्दै गाउँदै रातको ९ः३० बजे दाङको तुलसीपुर ल्याईपु¥याएको थियो । त्यसपछि सबै जना आ–आफनो घरतर्फ लागेको थियोँ । अवलोकन भ्रमणमा फेकोफनका प्रकृती भुषाल,ग्रीन फाउण्डेसनका अस्मीता भण्डारी, दिपक परियार, मालती श्रेष्ठ, दिपक डांगी,दुना टपरी उधमी समुह, ढकिया उधमी समुह, वेदबाँस समुहका उधमी तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

परम्परागत सिपलाई समृद्धिसंग जोड्नुपर्छ ःपाण्डे

No description available.
ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले हरेक मानीस आर्थीक रुपले सम्पन्न हुनका लागि परम्परागत सिपलाई समृद्धिसंग जोड्नुपर्ने बताउँनुभएको छ । भ्रमण पश्चातको छलफलमा अध्यक्ष पाण्डेले घर वरीपरी भएका विभीन्न स्रोत साधनलाई कसरी प्रयोग ल्याई आर्थीक पाटोसंग जोडिन उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्र धान्ने स्रोत र साधनलाई चिन्न नसक्दा गरिवीको रेखामुनी रुमल्लीरहेको भन्दै अर्थतन्त्र धान्ने स्रोत साधनलाई प्रयोगमा ल्याई अर्थतन्त्र बलीयो बनाउँन उधमीको बाटो रोज्न आवश्यक रहेको बताउँनुभयो ।

“देश समृद्ध बनाउँने आफनो हातमा छ । हरेक घरपरिवार,टोल समाज मिलाउँन अर्थतन्त्र बलीयो हुनुपर्दछ । अर्थतन्त्र बलीयो बनाउँन,स्थानीय स्रोत साधनको प्रयोग,सदुपयोग, जनशक्ति परिचालन, पुँजी र लगानी गर्नुपर्ने र हरेक नागरीक उधमशिलता हुनुपर्दछ । यसको उपयोग गरेमा देशका १० लाख मानीस भोकै मर्ने अवस्थाको अन्त्य हुन्छ । पछिल्लो समस्या आफनै चिज वस्तुको महत्व नबुझेका कारण १७ देखि १८ खर्व पैसाा विदेश गईरहेको छ । त्यसैले आफनो पेसामा टिकीरहन सिर्जनशिलता संगै म गर्न सक्छु भन्ने आँट, विश्वास र लगनशिलता चाहिएको छ ।”–केन्द्रिय अध्यक्ष पाण्डेले बताउँनुभयो । तालीम,गोष्ठि ,अवलोकन, अन्र्तक्रियामा मात्र सिमीत नराखेर ब्यवहारमा लागु गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

ग्रीन फाउण्डेसन दाङ्गका अध्यक्ष विष्णु के.सी.ले ग्रीन फाउण्डेसनको उधमी अभियानले निरन्तर रुपमा उधमी बनाउँने कामलाई निरन्तरता दिने बताउँनुभयो । पारीवारीक निजी वनका उपाध्यक्ष मेघराज भुषालले दाङ्गमा प्राृकृतीक रुपले धेरै कुराको सम्भावना भएकाले वन,जंगल,जमीनलाई आए स्रोतको रुपमा जोडिने बताउँनुभयो । यस्तै मेट्रो प्राबिधिक कलेजका प्राचार्य बसन्त आचार्यले नँया सोच र सिर्जनसिल तरीकाले युवापुस्तालाई उधमको पाटोमा प्रेरीत गर्न शिक्षा मार्फत जोड दिने बताउँनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्