बहुप्राबिधिक शिक्षालय तुलसीपुरमा पढाइ र काम संगसंगै

जँहा बिधार्थिहरु आफ्ना लगि आफैँ कमाउछन्


 

पढाइ संगै कमाइ पनि गर्नुपर्छ भन्ने उदेश्यका साथ तुलसीपुर बहुप्राविधिक शिक्षालयले बिधार्थिहरुलाइ पढाइ संयसंगै काममा खटाइरहेकाे हुन्छ । काेहि फुल खेतीमा ब्यस्त हुन्छन् भने काेहि तरकारी खेतिमा त काेहि फलाम पिट्ने काममा । थेउरी र प्र्याक्टिकल सिकाइ बाट बिधार्थिहरुकाे शिक्षण सिकाई सिकाइ क्रियाकलाप प्रभावकारी हाेस् भन्ने उदेश्य र पढाइमा लागेकाे लगानी खेर नजाओस भन्ने उदेश्यले बहु प्राबिधिक शिक्षालयले फरक खालकाे शिक्षा प्रदान गर्दै आएकाे छ । बहुप्राबिधिक शिक्षालयले पढाइ र काम संगसंगै संचालन गर्दै आएकाे छ ।

यहि प्रयाेगात्मक शिक्षा अन्तरगत कलेज परिसरमा बिधार्थिहरु डेक्सबेन्च बनाइरहेका देखिए । यस्तै तरकारी खेतिका लागि तरकारी बेर्ना पनि बिधार्थिले तयार पारेका थिय ।

सनम परियार तुलसीपुर बहुप्राविधिक शिक्षालय प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ ५औं सेमेस्टरमा पढ्छिन । उनी बेन्च बनाउनका लागि फलाम काट्दै थिइन ।

“प्रयाेगात्मक कक्षा अन्तरगत सीप सिक्नुका साथै कलेजलाई आवश्यक पर्ने डेक्सबेन्च बनाउदै छाैँ ।”-सनमले भनिन् ।

“थेउरी र प्याक्टिकल दुवै क्लास हुन्छ हामी अहिले प्याक्टिकल गर्दैछाैँ । याे बनाए बापत हामीले पैसा पनि पाउछाैँ । पढाइ खर्च अलिअलि भए पनि उठ्छ । परिक्षा सकिएपछिकाे खाली समयकाे सदुपयोग हाे । राम्रो छ, पढ्न पनि पाएका छाैँ, सीप सिकाइ संगै कमाएका पनि छाैँ ।”उनले भनिन् ।

सनम संगै अनिता वली पनि फलाम काट्दै थिइन । “पढाइ संसंगै ब्यवहारिक रुपमा सीप सिक्न पाएकाछाैँ । याे एउटा अवसर पनि हाे भालि याे काम गर्न सक्छौं भनेर ब्यवसायिक तरिकाले अगाडि लग्न सक्छौं ।”- उनले सुनाईन ।

“हातमा सीप भएपछि केहि गर्छु भन्ने आत्मविश्वास बढ्दाे रहेछ ।”- अनिता खुसि ब्यक्त गरिन् ।

यस्तै सन्जय चाैधरी पनि डेक्स बनाउनमै ब्यस्त देखिन्थे । “पढाइ पनि पूरा हुने काम पनि पूरा हुने , अनि पैसा पनि कमाउने याे सिकाइले पढ्न, काम गर्न र पैसा कमाउन तीन वटा काम संगसंगै सिक्न पाएका छाैँ ।
यसाे गर्दा जागर पनि लाग्दाेरैछ ।”- सन्जयले भने ।

“परिक्षा सकिएपछि खाली समयकाे सदुयाेग भएको छ यसबाट पनि धेरै कुरा सिक्न पाएका छाै , अनुभव गर्न पाएका छाैँ । परिक्षा दिएपछि घुम्न जाने, घरमा बस्ने, समयकाे महत्त्व नबुझ्ने हुन्थ्यो हाेला मेट्राेमा पढेर फाइदा भाछ “- उनले भने ।

मेट्रामा अधययनरत बिधार्थिहरुकाे दैनिकी कलेजमै बित्ने गर्दछ । काेहि काममा त काेहि पढाइमा । पढेको ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्न पाउँदा उनिहरु खुसि हुन्छन् ।

काम सिकाउदै गरेका प्रशिक्षक खिमराज नेपाली फलाम बाट विभिन्न सामाग्री निर्माण गर्न सीप सिकाउदै आउनुभएकाे छ ।
डेक्सबेन्च मात्र नभएर मकै फाेक्ने मेसिन ग्रासकट, ईलेक्ट्रिकल मेसिन ट्राफिक लाइट, अटाेमेटिक ब्रेक कन्ट्रोलर जस्ता सामग्रीहरु बनाउन सिकाउदै आएकाे बताउनुभयाे । प्रयाेगात्मक कक्षा भएकाले बिधार्थिहरु बढि रुचि देखाउने र काममा खटेर लाग्ने गरेकाे उहाले बताउनुभयो ।

विद्यार्थीहरुको यो कार्यमा विद्यालयले पनि सहयोग गर्दै आएकाेछ । बिधार्थिलाइ ब्यवहारिक र अर्थतन्त्र संग जाेड्नका लागि पढ्दै कमाउदै भन्ने नारालाई शिक्षासंग जाेडेकाे कलेजले जनाएको छ ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउन यस्ता प्रकारका शिक्षण सिकाइ क्रियाकलापलाइ निरन्तरता दिदै आएको छ । यी यस्ता ब्यवहारिक ज्ञानले भाेलिका दिनमा बिधार्थिहरुलाइ सहज हुने कलेजका प्राचार्य वसन्त आचार्यले बताउनु भयाे ।

” हामी पढाइलाई उधमसंग जाेड्न चाहन्छौं , यहि ठाउँमा केही गर्न सक्ने युवाहरु उत्पादन गर्नु हाम्रो शैक्षिक अभियान हाे । हरेक युवा उधमि बनुन् र आर्थिक रुपमा सबल बनुन् भन्ने हाम्रो मुख्य उदेश्य हाे । “- प्राचार्य आचार्यले भन्नुभयाे ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्