दिप्तिशिखा चाैधरी
चार जना थारु महिला २०८० को प्रभावशाली महिलाहरुको सुचीमा परेका छन् । प्रभावशाली महिलाहरुकाे सुचिमा पर्ने मध्य दाङको पुष्पा चौधरीकाे नाम एक हाे ।
घाेराहि उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी पुष्पा विगत २२ वर्षदेखि निरन्तर पत्रकारितामा आवद्ध रहेर काम गर्दै आउनुभएकाे छ । सञ्चारकर्मीकाे रुपमा चिनिदै आएकि पुष्पा हाल अहिले बर्दियामा बसेर एक रेडियो संचालन गर्दै आउनु भएको छ । उहाँ नेपालको पहिलो थारु भाषाबाट प्रसारण हुने सामुदायिक रेडियो गुर्बाबा एफएमको २०६४ सालदेखि स्टेशन म्याजेरको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
दाङको घोराहीबाट निस्कने थारू भाषी भित्ते पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेकी पुष्पा पछिल्लो समय स्रोताका हरेक बिचार प्रश्तुत गर्ने र थारु समुदायको उत्थानका लागि रेडियाेलाइ साथि बनाएर अगाडि बढ्नु भएको छ ।
पत्रकारिता सँगै मुलुकी देवानी संहिता २०७४ लाई थारु भाषामा अनुवाद गरी समाजमा निशुल्क रुपमा वितरण गर्दै आउनु भएको छ । गरिरहेको उहाँले बताउनु भयो । पत्रकारितालाइ आधार बनाएर पुष्पा थारु समुदायकाे हितका लागि लडिरहनु भएको छ । थारु समुदायको कला, संस्कृति ,रहनसहन संगै उनिहरुकाे हरपलकाेे साथि बन्नुभएकाे छ ।
थारु समुदायमा रेडियो पत्रकारिता मार्फत सकारात्मक शन्देस फैलाएर अहिले थारु अगुवाहरुलाई शिक्षा प्रदान गर्दै बर्दिया र कैलालीमा ५० देखि ६० जना महिलाहरले नेतृत्व गर्ने गरि बड्घर चुन्न एक सफल कार्य गर्न भुमिका निर्वाह गर्नु भएको छ ।
यस्तै अधिवक्ता शुशीला चौधरी द्वन्द्वपीडितका पक्षमा वकालत गर्ने र कानुन निर्माण गर्ने काममा सघाउने तहसम्म भूमिकामा हुनुहुन्छ । दाङ घोराही उपमहानगरपालिका–१७ बर्गदीकी सुशीला द्वन्द्वपीडितका पक्षमा उभिने र वकालत गर्ने ठाउँमा पुग्न सफल एक थारु महिला हुनुहुन्छ । सुशीला न्यायको आशमा बसेका पीडितहरूकाे साथि बन्नुभएकाे छ ।
शुसिला द्वन्द्वपीडितका आवाजहरू बोल्ने अभियन्ताका रुपमा परिचित एक थारु महिलाकाे रुपमा छुट्टै परिचय बनाउन सफल हुनुभएको छ । अधिवक्ता सुशिला १५ वर्षदेखि निरन्तर द्वन्द्व पीडितको पक्षमा बोल्दै, वकालत गर्दै आउनु भएको छ । उहाँ द्वन्द्व पिडिका आवाज सेलाउन दिन हुदैन हर काेहि दविएका आवाजकाे सुनुवाइ हुनुपर्छ भन्दै पेसागत मर्यादामा रहि खटिरहनु भएको एक थारु महिला हाे ।
लामो समय द्वन्दकालमा दु: ख भाेगेकि शुसिलालाइ न्याय मरेकाे देशमा पिडितले न्याय पाउनुपर्छ भन्ने लाग्छ । द्वन्द्वकाे समयमा बिचैमा पढाइ छाडेर युद्धमा हाेमिएकि उहाँको दैनिकी दुखद नै थियाे । राजतन्त्रको अन्तय संगै पढाइलाई पुनः निरन्तरता दिनुभयाे । आज शुसिला दुखिहरुकाे साथि भएर न्याय गर्ने ठाउँमा पुग्नु भएको छ ।
प्रभावशाली महिलाको सुचीमा पर्ने ५० जना मध्य दाङको पुष्पा चौधरी र शुसिला चाैधरी सहित थारु समुदायका अन्य दुई थारु महिलाहरु पनि रहेका छन् ।
प्रभावशाली महिलाहरुकाे सुचीमा पर्नेहरुमा लुम्बिनी प्रदेशको पूर्व उपसभामुख कृष्णी थारु । जनप्रतिनिधि भएर जनताका आवाज बाेलेर सरकारलाइ झक्झक्याउने काममा सक्रिय हुने एक थारु महिला हाे ।
थारु समुदाय बाट बिरलै मात्र महिलाहरु उच्च ओहाेदामा रहेर काम गर्ने गरेकाे पाइन्छ । त्यसमा पनि स्वास्थ्य संस्थाहरुमा डाक्टर सम्मकाे शिक्षा हासिल गरेका एकदमै न्यून संख्यामा रहेका छन् । थारु महिला सुनिता चौधरी पेसाले डाक्टर हुनुहुन्छ । प्रभावशाली महिलाहरुका सुचिमा पर्न सफल यी थारु महिलाहरु थारु समुदायका लागि गाैरव बिषय बनेकाे छ ।