उधमी बन्न एकातर्फ आर्थीकले छेकिदियो अर्को तर्फ उत्पादन हुने चिज र वस्तुले । आर्थीक रुपले सम्पन्न हुन मन छ तर पैसा छैन । क्रृण कर्जा लिने ठाउँ छैन । कतीले हस्तनिर्मीत वस्तु बनाए घरमै थन्किएका छन् । बजार पाएन , मन मरेर गयो । जाँगर लाग्न छोड्यो । यस्तै हो भन्दै घरकै काममा ध्यान दिन थालीयो । एक कार्यक्रममा बोल्ने बक्ताहरुले गुनासो पोख्दै थिए ।
दंगीशरण २ दुना टपरी उधौगका राज कुमारी चौधरीले आफुले निर्माण गरेका दुना टपरीले बजार नपाएको गुनासो गर्नुभएको थियो । उत्पादन गरेका वस्तुले समयमा बजार नपाउँनाले आफुहरुको उधम फस्टाउन नसकेको बताउँनुभयो । उहाँले बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताउँनुभयो ।
दंगीशरण सामुदायीक वन महासंघका उपाध्यक्ष शोभाकर न्यौपानेले कच्चा पदार्थ उतपादन गर्न सामुदायीक वनलाई संरक्षण गर्नुपर्ने बताउँनुभएको थियो । नदि कटानले समस्या पारेकाले कच्चा पदार्थ काहा बाट ल्याउने भन्ने चिन्ताको विषय बन्न पुगेको बताउँनुभयो ।
समृद्ध समाज दंगीशरणका सचिव बालकृष्ण खड्काले सम्पन्न मान्छेले क्रृण कर्जा पाउँने तर सामान्य केहि गर्छु भन्ने नागरीकहरु पाउँने कुरा बाट पनि बञ्चित गराउँने भएका कारण पनि परिश्रम गर्नेहरु पछाडि परेको बताउँनुभयो ।
यस्तै अन्य कृषि, वन, सहकारी ढकिया उधमीहरुले स्थानीय स्तरमा उत्पादन भएपनि बजार नभएको बताएका थिए । उनीहरुले आर्थीक रुपमा कुनै कतै बाट सहयोग पाए आफुहरुलाई काम गर्न सहयोग पुग्ने बताएका थिए ।
कृषि विकाश बैँक लिमीटेड तुलसीपुर शाखा लेखापाल तेज बहादुर डांगीले बैँकको नियम अनुशार क्रृण कर्जा दिने गरेको भएपनि सर्वसाधारणले यस विषयमा नबुझिदिदा समस्या हुने गरेको बताउँनुभयो ।
यस्तै कुमारी बैँक दंगशिरण शाखा प्रमुख एकराज के.सी.ले बिभीन्न लघुवित्त, समुहबाट काम चलाउँने भएकाले बैँकको विषयमा अझै पनि नागरकिहरु अनविज्ञ रहेको बताउनुभएकाे थियाे । यसका लागि बैँकबाट जती पनि सेवा लिनुपर्ने हो त्यो भन्दा न्युन संख्यामा नागरीकहरु बैँकिङ्ग कारोबार गर्नेहरु रहेको बताउँनुभयो । उहाँले उधमीहरुलाई सहुलउित रुपमा क्रृण लगानी गर्नका लागि आफनो तर्फ बाट सहयोग गर्ने बताउँनुभयो ।
स्थानीय स्रोतको सदुपयोग गरी स्थानीय उधमहरुको समर्थन, प्रवद्र्धन र लगानी गर्नका लागि सरोकारवालाहरुसंगको छलफल तथा अनर्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । हाम्रो राजाकोट बहुउद्धेश्यीय सहकारी सस्ंथा लिमीटेड दंगीशरण २ कलमखोलाको आयोजना वन तथा कृषि सहज कार्यक्रम विश्व खाधय संगठन महासंघ नेपाल, अनर्तराष्टिय प्रकृती संरक्षण संघ नेपालको सहयोगमा संचालीत कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
सो अवसरमा नेपाल पकार महासंघ दाङ का सह सचीव दिप्तीशिखा चौधरीले आर्थीक उपार्जनका लागि हरेक मान्छे सक्षम हुन जरुरी रहेको बताउँनुभयो । मान्छे परिवर्तन भएमा मात्र समाज परिवर्तन गर्न सकिने भन्दै आफुसंग भएका सिप र ज्ञानलाइ बाहिर ल्याई समाज परिवर्तनमा भुमिकन निर्वाह गर्न जरुरी रहेको बताउँनुभयो । हरेक मान्छे सफल भए उसको सफलता बाट अर्को मान्छे अगाडि बढ्न सक्ने भन्दै मिडियाको तर्फबाट समाजमा गुम्सीएर दवीएका चिज र वस्तुहरुलाई बाहिर ल्याउन, यसको बजारीकरण र प्रवद्र्धन गर्न आफुले सहयोग गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागिराम चौधरीले हिजोका दिनमा दंगीशरणका हरेक नागरीक समृद्ध बन्नुपर्छ भन्ने अभियानका साथ आफुले काम गरेको भएपनि आज टिकाउ अवस्थामा नदेखेको भनदै चिन्ता ब्यक्त गर्नुभयो । तालीम, कार्यक्रम सबै सीमित रहेकाले यसलाई बयवहारमा लागु गरि सफल उधमी बन्न आग्रह गर्नुभयो । सहयोग र सहकार्य मार्फत अगाडि बढेमा हरेक कार्यमा सफलता मिल्ने उँहाको भनाई थियो ।
कार्यक्रममा ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले स्थानिय स्तरमा रहेको वस्तु र उधमिहरुलाइ प्रोत्साहन गर्ने खालका कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउँनुभएको छ । उहाँले स्थानीय पालीकाले यस कार्यमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभएकाे थियाे । उहाले देशभरका १ सय २७ वटा पालिकामा बन एेन बनाएर स्थानिय चिजलाइ प्रबर्दन गर्ने अभियानमा आफुहरु लागेको बताउँनुभयो । घरायसी प्रयोजनका लागि मात्र बनाइएका चिज लाई बिक्री गर्न उधमीहरुलाई सुझाव दिनुभयो । रैथाने चिजलाइ बजारिकरण गर्ने, आफुमा रहेको ज्ञान र सिपलाइ सिर्जनात्मक तरिकाले निर्माण गरि बजारिकरण गर्ने कार्यमा लाग्न सुझाव दिनुभयो । दङ्गिशरणले एउटा ब्राण्ड नै तयार बनाएर बजार सम्म पुर्याउने काममा प्रेरीत गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले दंगीशरणमा गाउँपालिकामा प्लाष्टिकजन्य बस्तु विस्थापित गर्नका लागि काम अगाडि बढाउँने बताउँनुभयो । दंगीशरणमा नागरीकहरुलाई आर्थीक रुपले सम्पन्न गर्नका लागि बजारकिरण गर्ने, प्रबद्र्धन गर्ने, थप कार्यक्रम, तालीम संचालन गर्नका लागि कार्यक्रम तयार पार्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो । उहाँलेदंगीशरण दुई ठाउँमा कोशेली घर भएकाले उत्पादन गरेका वस्तु त्यहाबाट पनि बजारीकरण गर्न सकिने बताउँनुभयो ।
कार्यक्रम संयोजक चक्रमिलन विश्वकर्माले कार्यक्रमका विषयमा जानकारी गराउँनु भएको थियो भने कार्यक्रमको शहजीकरण फिल्ड अधिकृत आशा गौतमले गर्नुभएको थियो ।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष श्विष्णु गौतमको अध्यक्षता एवम् दंगीशरण गाउँपालिकाको अध्यक्ष श्री शम्भु गिरीको प्रमुख आतिथ्यता तथा ग्रिन फाउन्डेसन नेपालको अध्यक्ष श्री घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य, स्थानीय महासंघ, सामुदायिक वन उपभोक्ता समुहहरुको प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्थाहरुको प्रतिनिधि, पत्रकार, उधमीहरु, सहकारी सदस्यहरुको उपस्थिती रहेको थियो ।