दलीत महिला संघ दा ङ का अध्यक्ष युवा कराराले दलीत समुदाय अझै पनि आरक्षण कोटामा मात्र सिमीत रहेको बताउँनुभएको छ । दलीतहरुको आरक्षण कोटा नहुँदा सम्म उनीहरुको हक अधिकार सुनीश्चित हुन नसकेको दावी गर्नुभयो । लैङ्गिक विभेद संगै राजनितीक, सांस्कृतिक, सामाजिक रुपमा अझै पनि दलीत समुदाय हेपिएको उँहाको ठहर छ । जातीय विभेद र महिला अधिकारको क्षेत्रमा काम गरिरहदा दलीत महिलाहरुको अवस्था अझै पनि पछाडि परेको बताउँनुभयो । बिभीन्न ठाउमा अनुगमन गरिरहदा यस्तो पाईएको उहाँले बताउँनुभयो ।
दलीत महिलाहरुको शसक्तिकरणका लागि, क्षमता विकासका लागि र स्थानीय पालीकाले नेतृत्व पंक्तिमा पुगेका महिलाहरुको आवाज नसुन्ने भएका कारण तुलसीपुर र दंगीशरण गाउँपालिकामा पालीका स्तरीय दलीत महिलाहरुको साझा मञ्च गठन गरेको जानकारी दिनुभयो । मञ्च गठन पश्चात बोल्ने बानीको विकास संगै अर्थपुर्ण सहभागिता हुने आशा राखेको बताउँनुभयो ।
उहाँले विधालयमा पनि दलीत वर्गका छात्रछात्राहरु पाउँनुपर्ने सुविधाबाट समृत बञ्चित हुनुपर्ने अवस्था आएको बताउँनुभयो । विधालयहरुमा छाबृत्तिमा सुन्य सहभागिता भएको , बिधालयले दलित समुदायका बिधार्थिहरुलाइ बेवास्ता गरेको, बिधालयमा पाउनुपर्ने सुबिधाबाट बञ्चित गराइएको भनदै आपत्ती जनाउँनुभयो । बिधालयमा कक्षा ९ र १० बिधार्थीहरुका लागि बार्षीक १२००० पाउने भएपनि ४ सय मात्र पाउने गरेको अनुगमन बाट भेटिएको बताउँनुभयो ।
दलीतका हक र अधिकारहरु संबिधानमा उल्लेख गरिएपनि कार्यान्वयन नभएको प्रती दुःख ब्यक्त गर्नुभयो । उहाँले तुलसीपुर उपमहानगरपालीकामा २०७४ मा जातिय छुवाछूत अन्त्य गर्ने निती बनाईएपनि कार्यान्वयन हुन नसकेको भन्दै तुलसीपुर उपमहानगरपालीकालाई छुवाछुत मुक्त पालिकाका रुपमा घोषणा गर्नुपर्ने बताउँनुभयो । स्थानीय पालीकाले लक्षित वर्गका लागि वजेट विनियोजन नगर्ने, भौतिक पुर्वाधार मा मात्र केन्द्रित रहने हुदा यस्तो समस्या आईपरेको बताउँनुभयो ।
अझै पनि दलितको घरमा प्रशाद ग्रहन नगर्ने, लास नछुने, जस्ता घटनाहरु ब्याप्त रहेको भन्दै यसको न्युनीकरणमा सरोकारवालाहरुले चासो दिनुपर्ने बताउँनुभयो ।
यस्तै जातिय विभेद रहित समाज निर्माण गर्न, बिधालयमा पनि जातिय विभेद रहेकाले यसको अन्त्य गर्नका लागि तुलसीपुरमा रहेको मा.वी. सेन्टर , मेट्रो कलेज र दङ्गिशरणको विरेन्द्र मा . वि. मा २० सदस्यीय किशोर किशोरी संजाल गठन गरेको बताउँनुभयो ।
कार्यक्रममा त्यस्तै अधिकारकर्मी निर्मल नेपालीले दलित समुदायलाई हेर्ने दृष्टिकोण केहीहदसम्म परिवर्तन भएपनि त्यसको अन्त्य भने हुन नसकेको बताएका छन् । यसका लागि समाजमा रहेको जातीय बिभेद र छुवाछूत अन्त्य गर्न सञ्चार माध्यमको महत्वपूर्ण भुमिका रहेकाले सञ्चार माध्यामहरु समावेसी हुनुपर्ने उहाँले बताउँनुभयो । दलित समुदायले समाजमा भोग्नुपरेका पीडाहरु सञ्चार माध्यामले प्राथमिकताका साथ सञ्चार माध्यमहरु बाहिर ल्याउन नसकेको गुनासो गर्नुभयो । राज्यले उपेक्षा गरेका र पछाडी पारिएका समुदायको सञ्चारमाध्यममा उपस्थिती नभएसम्म उनीहरुका सवाल सशक्तरुपमा आउन नसक्ने उहाँले बताउँनुभयो ।
दलीतका मुद्धामा बहस गर्दै आएको दलीत महिला संघ फेडोले समग्र विकासको अवरोध, जातिय तथा लैंगिक विभेद संचार माध्यममा दलित समुदायका सवाल सम्बन्धमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पत्रकारसंग छलफल गरेको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका सदस्य गिरीराज नेपालीले संचार माध्यममा दलीत पत्रकारहरुको अवस्थामाका बारेमा जानकारी गराउँनुभएको थियो । दाङका संचार माध्यममा पुर्ण र आंसीक गरि जिल्लामा २४ जना दलीत संचारकर्मीहरु रहेको जानकारी गराउँनुभएको थियो । कार्यक्रमको सहजिकरण गंगा बिश्वकर्माले गर्नुभएको थियो ।