दाङको तुलसीपुरमा सुधारोन्मुख फोहोर व्यवस्थापनमा आधारित जलवायु उत्थानशील व्यवसाय सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा दैनिक ९० टन फोहोर उत्पादन भए पनि २५ टन उपमहानगरले संकलन गर्ने गरेको छ । उक्त फोहारबाट सुधारोन्मुख फोहोर व्यवस्थापनमा आधारित भएर संचालित हुने जलवायु उत्थानशीलका गतिविधि संचालन गरिएको हो ।
उपमहानगरले गल्ने फोहोरबाट तीन महिनाको अवधिमा २ दशमलव ५ टन मल उत्पादन गरेको हो । यस्तै नगल्ने तथा प्लाष्टिकजन्य फोहोरबाट केही महिलाहरुलाई तालिम दिएर व्याग, ढकिया, जुत्ता पेनहोल्डर लगायतका सामग्री निर्माण गरिएको छ ।तुलसीपुर उपमहानगरपालिकामा दैनिक ९० टन फोहोर उत्पादन भए पनि २५ टन उपमहानगरले संकलन गर्ने गरेको छ । बाँकी ६५ टन फोहोर नागरिकहरुले खेतबारीमा हाल्नका लागि घरमै गल्ने फोहोरबाट कम्पोष्ट मल बनाउने, तरकारी बजारबाट उत्पादित फोहोर सुँगुरलाई खुवाउनका लागि प्रयोग गर्ने, कबाडमा दिने गरिएको छ ।
तुलसीपुरमा सुधारोन्मुख फोहोर व्यवस्थापनमा आधारित भएर संचालित हुने जलवायु उत्थानशील व्यवसाय सम्बन्धि समापन कार्यक्रममा आज सोमबार यस्तो जानकारी गराइएको हो ।
युएसए आइडी, तयार नेपाल र व्लु वेष्ट टु भ्यालुको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा मल उत्पादन भएको हो भने अव यसलाई निरन्तरता दिने प्रमुख टिकाराम दढ्काले बताउनु भयाे । गलेर गनाएर जाने फोहोरलाई सीप प्रयोग गरेर उद्यम तथा आयआर्जनसँग जोड्न सकिने रहेछ भन्ने उदाहरण तुलसीपुर उपमहानगरले गरेको उहाँले बताउनु भयो । फोहोरबाट कम्पोष्ट मल उत्पादन गरेर किसानहरुसँग जोडिने अवसर मिलेको बताउनु भयो । खेतीपातीमा धेरै असर गरिरहेको प्लाष्टिकलाई प्रवद्र्धन गरेर समुदाय, किसानसँग जोडिने वातावरण सिर्जना भएको उहाँको उहाले बताउनुभयाे ।
विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नंबर ६ का वडाध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।