बालश्रम मुक्त तुलसीपुरका लागि सरोकारवालाले जोड दिएका छन् । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार सेन्टर मावि तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बालमैत्री तुलसीपुर बनाउनका लागि बालश्रम मुक्त तुलसीपुर बनाउनुपर्नेमा जोड दिएका हुन् । बालअधिकार महासन्धिमा हस्ताक्षर गरेर बालअधिकार प्रती आफनाे प्रतिवद्दता जाहेर गरेपनि कार्यान्वयनमा फितलाेपना देखिएकाे उनिहरुकाे ठहर थियाे ।
कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरीराज पाण्डेले बालश्रम मुक्त पालिका बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सबै बालबालिका शिक्षाको पहुँचमा जोडिन सकेमात्रै सुन्दर समाजको परिकल्पना गर्न सकिने बताउनुभयो ।
त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले अरु क्षेत्रभन्दा यातायात क्षेत्रमा बालश्रमिक हुने समस्या रहेको भन्दै आफुले त्यसको अन्त्यका लागि पहल गरेको बताउनुभयो । नाङ्गाे शरीर र भाेकाे पेट भर्नका लागि गाँस, बाँस कपासकाे ब्यवस्था नगर्दा सम्म बालश्रमकाे अन्त्य नहुने बताउनुभयाे । यसका लागि स्थानिय निकाए, विभिन्न संघसंस्था सहकार्य गर्नुपर्ने बताउनुभयाे । याे संगसंगै बालबालिकालाइ लागुआैषध दुर्व्यसन बाट सचेत हुन जरुरी रहेको बताउनुभयाे ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले होटल तथा उद्योग क्षेत्रमा बालश्रम अन्त्यका लागि संघले खबरदारी गरिरहेको बताउनुभयो । तुलसीपुरलाई बालश्रम मुक्त बनाउन नँया याेजनाका साथ अगाडि बढ्ने प्रतिवद्दता ब्यक्त गर्नुभयाे ।
सेन्टर मावि तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बालबालिकालाई शिक्षाको पहुँचमा जोड्न निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका संरक्षण केन्द्रका अध्यक्ष तथा बालविज्ञ नवराज लामिछानेले सबैको सामुहिक प्रयासले मात्रै बालश्रममुक्त नगरको परिकल्पना गर्न सकिने बताउनुभयो । उहाँले तुलसीपुरमा अझै पनि बालबालिका श्रममा लागेको अवस्था रहेको बताउँदै बालश्रममुक्त नगर बनाउनका लागि आफु निरन्तर अभियानमा रहेको बताउनुभयो ।
बालअधिकारकर्मि लम्सालले प्रश्तुत गरेकाे प्रतिवेदन अनुशार नेपालमा २०२३ सम्मकाे तथ्यांकअनुसार ११ लाख बालबालिका बालश्रमिक छन् ।
यस्तै लुम्बिनी प्रदेशमा २०८० काे तथ्यांकअनुसार ५ देखि १७ बर्ष उमेर समुहका १ लाख ९४ हजार बालश्रमिक छन् । जम्मा बालबालिकाहरु मध्ये १५ प्रतिशत बाल श्रम गर्न बाध्य छन् ।
यस्तै ५ देखि १३ बर्ष उमेरका १ लाख ४२ हजार, १४ देखि १७ बर्ष उमेरका ५२ हजार बालश्रमिक छन् । यस्तै लिङ्गका आधारमा ८८ हजार (१३.९८)प्रतिशत, बालिका १ लाख ५ हजार (१७.६५)प्रतिशत छन् जसमा बालिकाकाे संख्या धेरै भएको पाइएकाे छ ।
लुम्बिनी प्रदेशमा १०९ पालिका, १२ जिल्लामा स्थानीय बालअधिकार समिति १२ वटा मात्र गठन भएका छन् । १६ वटा स्थानिय तहमा बालकाेष खडा भएको छ भने १४ वटा बालगृह रहेकाे छ ।
यसैबीच , तुलसीपुर उपमहानगरपालिकामा २३८७८ बालक र २२२०१ बालिका गरि जम्मा ४६०७९ बालबालिका छन् । प्रतिशतमा २५.६३ प्रतिशत बालबालिका रहेको तथ्यांकले देखाएको छ । जसमा आमाबुबा संग बस्ने ७१.८ प्रतिशत, आमासंग मात्र बस्ने २२.६ प्रतिशत, बुबासंग मात्र बस्ने १.०९ प्रतिशत, बुबा र अर्कि आमासंग बस्ने ०.४ प्रतिशत, आमा र अर्को बुबासंग बस्ने ०.१ प्रतिशत, अन्य आफन्तसंग ३.५ प्रतिशत र राेजगारदाता संग बस्ने ०.०१ प्रतिशत छन् ।
तुलसीपुर उपमहानगरपालिका भित्र अहिले सम्म १९ वटा वडा मध्ये ६,२,१,१८ र १६ गरि जम्मा ५ वटा वडा मात्र बालश्रम मुक्त वडा घाेषणा भएका छन्
।
तुलसीपुर उपमहानगरपालिका, महिला तथा बालबालिका संरक्षण केन्द्र (न्यूसीपीसी) र सिर्जना बालक्लब मावि तुलसीपुर सेन्टरको आयोजनामा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको हो ।
सिर्जन बाल क्लबका अध्यक्ष राजु विकको अध्यक्षता तथा सामाजिक विकास डिभिजनका प्रमुख गिरीराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नुभएको हो ।