प्राकृतीक स्रोत अर्थतन्त्रको प्रमुख आधार ः घनश्याम पाण्डे




दिप्तीशिखा चौधरी

ग्रीन फाउणडेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले शिथील अर्थतन्त्रलाई बलीयो बनाउँन हरेक घरमा उधमशिलता हुन जरुरी रहेको बताउँनु भएको छ । उधमशिलता, लगानी संवादको प्रमुख उद्धेश्य भनेको लगानी रहेको भन्दै सामुहिक प्रयास, सामुहिक लगानीले अर्थतन्त्रमा योगदान पु¥याउँन सक्नुपर्ने बताउँनुभयो । उधममा स्वच्छता बढाउँने, अनुकुलन गर्ने हिसावले लगानी गरि उधम तयार पार्नुपर्ने भन्दै प्राकृतीक स्रोत अर्थतन्त्रको बलीयो आधार भएको बताउँनुभयो । ग्रीन फाउण्डेसन नेपालको आयोजना तथा हरीयाली मञ्च नेपालको सहकार्यमा तुलसीपुरमा शुक्रवार भएको हरीत उधमशिलता लगानी संवाद कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता पाण्डेले यस्तो बताउँनुभएको हो ।

उहाँले पुँजीगत लगानीमा समस्या भएको भन्दै पुँजीगतमा खर्च नभई उपभोगमा खर्च भएकाले देशमा आर्थीक संकट पर्न गएको बताउँनुभयो । “छरीएर रहेको पुँजीलाई एकीकृत गरि हरेक नागरीकलाई ब्यवसायमा जोड्नुपर्छ । अहिलेको अन्यौलता भनेको लगानी काहाँ गर्ने ? भन्ने छ । आजको आवश्यक्ता सामुहिक लगानी सामुहिक प्रयत्नशिल हो । लगानीको, उधमशिलताको सरकारले विकास गर्ने, यो देशको स्वाधिन अर्थतन्त्र निर्माण गर्न, उधमशिलताको जागरण ल्याउँनुपर्ने, अर्थतन्त्र व्रेक थ्रु गर्न एक हुन आवश्यक छ । ”–पाण्डेले भन्नुभयो ।

समुदायको मदतबाट जंगल जोगाउँनुपर्ने भन्दै उहाँले अर्थतन्त्र चलायमान गर्न राज्यले पनि अहम भुमिका खेल्नुपर्ने बताउँनुभयो । निजी संघसंस्थाहरु, स्थानीय तहसंग सहकार्य गर्नुपर्ने बताउँनुभयो । उधम संचालन गरेपनि चाहे जती आर्थीक लाभ लिन नसक्नु मुख्य चुनौती रहेको भन्दै सहकारीहरु नँया योजनाका साथ लगानी गर्न जरुरी रहेको बताउँनुभयो । अवका वर्षमा आर्थीक संकटलाई हटाउँन नँया ढंगले उधमको विकास गर्नुपर्ने बताउँनुभयो ।

एधमशिलतामा लागे हरेक कुराको समाधान हुने भन्दै उधमशिलताको पाटो पुनः जागरण गर्नुपर्ने, राष्ट्रिय रुपमा संवादलाई अभियानका रुपमा अगाडि बढाउँने बताउँनुभयो ।

सो अवसरमा तुलसीपुर उधौग बाणिज्य संघका अध्यक्ष विनील के.सी.ले निजी क्षेत्र जहिले पनि लगानी गर्न अग्रसर हुने भन्दै समृद्ध तुलसीपुरका लागी सहकार्य गर्न तयार रहेको बताउँनुभयो । हरीत उधमशिलताका लागि दाङलाई पहिलो प्राथमिक्तामा राख्नुपर्ने बताउँनुभयो । उधमको विकास गर्न नसकेमा युवा पुस्ता बाहिरीने क्रम बढ्न सक्ने भन्दै हरीत उधमको थालनी गर्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतम,ग्रीन फाउण्डेशन दाङका अध्यक्ष विष्णु केसी, राप्ती लाइफ केयर हस्टिल तुलसीपुरका हरि रिजाल, राप्ती बबई क्याम्पसका पूर्व प्रमुख युवराज रावत, तुलसीपुर ५ का सन्तोष खड्का लगायतले उधमशिलताका लागी उत्पादन हुन आवश्यक रहेको भन्दै नितीगत रुपमा राज्यले प्रविधि विकास गर्न जरुरी रहेको बताएका थिए । पुँजी सामुहिक हुन जरुरी रहेको भन्दै पुँजीले पुँजीको विकास हुने बताए । कृषिमा आश्रीत भएपनि कृषिक्रान्ती आउँन नसकेको भन्दै विउँ उत्पादन कार्यलाई बढाउँनुपर्ने बताए । नेपालको सबैभन्दा ठुलो समस्या नितीगत समस्या रहेको उनीहरुको धारणा थियो ।

संवाद कार्यक्रमको शहजीकरण हरीयाली मञ्च नेपालका अध्यक्ष शुरेस रावतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्