तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न भएको छ । समावेशी तथा दिगो भविष्यको पूर्वाधार : अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मूल नाराका साथ अपाङ्गता दिवस मनाइएको हाे ।
तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको कार्यालय, महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको कार्यक्रममा बाेल्ने बक्ताहरुले राज्यले अपांगता भएका व्यक्तिहरुलाइ शिक्षा, स्वास्थ्य, रोजगारी र आत्मनिर्भरताका लागि आवश्यक नीति बनाइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए । विषेशगरि स्थानिय पालिकाले अपाङ्गताहरुका लागि बनाइएका नीति र याेजना कार्यान्वयन गर्नुपर्ने बताए । विषेशगरि अपाङ्गता भएका महिलाहरू लैङ्गिक र अपाङ्गताको आधारमा गरिने दोहोरो विभेदको मारमा पर्ने भएकोले यसलाई सुधार गर्न आवश्यक रहेको बताएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा उपप्रमुख चौधरीले अपांगता भएका व्यक्तिहरुको अधिकार संरक्षण, उनीहरूको सामाजिक, आर्थिक, र राजनीतिक क्षेत्रमा पुर्ण सहभागीताका लागि पालिकाले नीति निर्माणका साथ कार्यक्रम गरिरहेकाे बताउनुभयो । सरकारी निकायहरुमा सहजताका लागि अपांगमैत्री पूर्वाधार निर्मााणका काम केही सम्पन्न भइसकेकाे र केही भवनहरु पनि अपाङ्गमैत्री गर्नका लागि पहल गर्ने प्रतिवद्दता जनाउनुभयाे ।
साे अवसरमा वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह, महिला अधिकारकर्मी सुश्मा गिरी, राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख अनिल ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे शहजिकरण दाेलख खत्रीले गर्नु भएको थियाे ।
कार्यक्रममा राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले समावेशी र दिगो विकासका लागि अपांगता भएका व्यक्तिहरुको नेतृत्व विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियाे ।
यसैबीच , अपांगता भित्रको बिबिधताः अवसर , प्रविधि र पुर्वाधारमा पहुचयुक्तता“ सम्बन्धित विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनमा ३३ औ अन्तराष्ट्रिय अपाङता भएका ब्यक्तिहरुको दिवसका अवसरमा नागरिक संवाद आयोजना गरिएको हो ।
दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले तयार पारेको अबस्था बिश्लेषण सहितको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । शाखा सदस्य एवम अपाङताको अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी रजनी शाहले उक्त अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रिय अपाङ संघका जिल्ला अध्यक्ष देवा डाँगी,अपाङता भएका ब्यक्तिहरुका लागि थेरी निः शुल्क रुपमा संचालन गर्दै आउनुभएका अभियान्ता हुमाकान्त कँडेल, राप्ती बहिरा संघका अध्यक्ष अजय शर्मा,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरी बहादुर खडका, दृष्टीबिहीन– रामबहादुर खड्का,अपाङगताको क्षेत्रका अभियान्ता बञ्चुराम परियार लगायतले कानुन अपाङमैत्री बन्नुपर्ने र अव बन्ने कानुन अपाङ मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान बरिष्ठ उपसभापति सुशील बस्नेत, मानव केन्द्रिय सचिव निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार,शाखा सल्लाहकार निर्मल डाँगी योगी,तुलसीपुर उद्योग बाणिज्य संघका प्रतिनिधि दिपेश भण्डारी,तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारी,पत्रकार दिपक बोहरा,जित सागर जिएम र उदिराम चौधरी लगायतले अपाङता भएका ब्यक्तिलाई अवसर , प्रविधि र पुर्वाधारमा पहुचयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
शाखा सभापति कोमल डिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
उपसभापति अमृत प्रसाद शर्माकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण सहसचिव मधुसुदन गौतमले गर्नुभएको थियो ।
अपांगता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपांगताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको छ ।