दाङ तुलसीपुरका महिला कच्चा पदार्थबाट उधमशिल बन्न खाेज्दै

ज्ञान, सीप र स्रोतसाधन बाट मानिसलाई आर्थिक रुपमा परिवर्तन गर्नुपर्छ : घनश्याम पाण्डे


दिप्तिशिखा चाैधरी

दाङ तुलसीपुरका महिलाहरु हस्तकलाका सामग्रि बनाउन सीप सिक्नका लागि उत्साहित छन् । स्थानियस्तरमा पाइने कच्चा पदार्थलाइ प्रयाेगमा ल्याउन उनिहरुले सीप सिके । कच्चा पदार्थ बाट हस्तनिर्मित वस्तु झोला, कमलदानी, फूलदानी, पेनहाेल्डर लगायतका सामग्रि बनाउन सिके ।

सावित्रा याेगिलाई थाकल के हाे देखेपनि वास्ता थिएन । तालिम लिएपछि यति राम्रो ब्याग, कप बन्नेरहेछ भन्ने थाहा पाएपछि अचम्म लाग्याे । जंगलमा पाइने याे वस्तु देखेपनि वास्ता थिएन । पराल कुहिएर जान्थ्याे । मकैकाे खाेस्टा सबै कुहिएर जान्थे । तालिम लिएपछि सबै चिज बाट राम्रो सामग्री बन्दाे रहेछ भन्ने कुराकाे ज्ञान भयाे ।” जति फाल्याे फाल्याे अहिले सम्म अवबा दिनमा सामान बनाउँछु । घरमा पनि चाहिने, बिक्री गर्न पनि मिल्ने । “- साबित्राले भन्नुभयाे ।


सपना परियारलाई फालिएका चिज खेर्दै शुन्दर सामग्री बनाउँदा अचम्म लाग्याे । “हिजाे सम्म कसेर भनेर फालिन्थ्याे अहिले आएर थाहा भयाे राम्रो सामग्री बन्दाे रहेछ भन्ने थाहा पाए । याे मेराे लागि नाैलाे तालिम हाे । घर वरिपरि फालिएका वस्तुहरुकाे सदुपयाेग गर्न सकिने रहेछ भन्ने कुरा बुझियाे । सीप सिक्याे खुसि लागेकाे छ । “- उहाँले अनुभव सुनाउनुभयो ।

विमला चाैधरीकाे लागि पनि याे तालिम नयाँ हाे । गाउँघरमा बुडि (बज्यै) हरुले ढकिया बुन्ने भएपनि वास्ता नगरेकाे बताउनुभयो ।” सीप सिकेपछि आफनाे त राम्रो भयाे नै अरुलाई पनि सिकााउन सकिने रहेछ भन्ने कुराकाे ज्ञान भयाे । विना लागतकाे सामग्री बाट हात बाट यति धेरै सामान बनाएर बेच्न सकिने रहेछ त्याे पनि महंगाे मुल्यमा । अब तालिमबाट सिकेकाे सिपलाइ घरमा गएर पनि बनाउछु । तुलसीपुरमा काेशेली घर पनि रहेछ बिक्रीका लागि पनि समस्या नहुदाे रहेछ । “-बिमलाले अनुभव सुनाउनुभयाे ।


प्रमिला चाैधरी हामी थारुहरुका लागि याे नाैलाे कुरा नभएपनि तालिमले धेरै कुरा सिकाएकाे बताउनुभयाे । “जंगल जादा थाकलकाे फल खान्थ्याे तर अरु वास्ता हुदैनथ्यो । लसुनकाे, मकैकाे पाेस्कल, सबै बाट रंगिचंगि सामग्री बन्दाे रहेछ । प्रयाेगमा नल्याएको बस्तु प्रयाेगमा आउने रहेछ । हामी महिलाहरु घरकाे काम बाहेक घरमा बसिबसि यी यस्ता सामान बनाइ बिक्री गर्दा आम्दानी हुने रहेछ भन्ने कुरा थाहा पाए । अब बनाउन तिर पनि लाग्नुपर्ला ।”-प्रमिलाले भन्नुभयाे । उहाँले अब हस्तकलाका सामग्री उत्पादन गरेर आयआर्जनमा जोडिने बताउनुभयो ।


तुलसिपुर २ वडा कार्यालयमा थाकल, मकैकाे पाेस्कल , काँस तथा पराल बाट हस्तकलाका सामग्री बनाउने तालिममा सहभागीले आफनाे अनुभव र याेजना सुनाए ।

परम्परागत ज्ञानलाई प्राेत्साहन गर्दै सिर्जनात्मक हस्तकलाका माध्यम बाट आर्थिक शसक्तिकरण गर्ने उदेश्यले ग्रिन फाउन्डेसन नेपाल दाङकाे आयाेजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न २ काे सहकार्यमा २५ दिने तालिमकाे आयाेजना गरिएको थियाे ।

तालिम समापनका क्रममा सहभागी महिलाहरुले तालिम सिकेर केही गर्ने उत्साह पलाएको बताए । २५ दिन सम्म चलेकाे तालिममा १,२,३ र ८ न. वडाका २६ जना महिलाहरुकाे सहभागीता थियाे । तालिमकाे प्रशिक्षकमा सुशिला चाैधरी रहनु भएको थियाे ।

संस्थाले आर्थिक शसक्तिकरणका लागि स्थानीयस्तर तथा वनमा पाइने वस्तुबाट सामग्री निर्माण गरेर आत्मनिर्भर बनाउन कच्चा पदार्थ गुद, मुँज, बाँसबाट विभिन्न सामग्री बनाउने, पातबाट टपरी बनाउनेलगायतका तालिमहरु प्रदान गर्दै आएको छ ।

ज्ञान, सीप र स्रोतसाधन बाट मानिसलाई आर्थिक रुपमा परिवर्तन गर्नुपर्छ : घनश्याम पाण्डे


ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले अहिलेकाे अवस्थामा राेजगार स्वराेजगारकाे विकल्प साेच्न जरुरी रहेको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पाण्डेले अब याे कुरामा बहस प्राारभ्भ गर्न जरुरी रहेकाे भन्देै देश निर्माणका लागि नेता ले मात्र नभएर हरेक नागरिकले केही गर्नु पर्छ भन्ने साेच्न जरुरी रहेको बताउनुभयो ।

“देश निर्माण गर्ने कुरा गर्ने तर भएन भनेर निरास हुने मात्र नभएर देशलाई समृद्धि तर्फ लान बहस उधमशिलताका बिषयमा छलफल गर्नुपर्छ, अहिलेकाे आधुनिक भाषामा भन्नुपर्दा हरेक नागरिक उधमशिल हुनुपर्छ , उधमसंग जाेडिनुपर्छ । आर्थिक रुपमा सम्पन्न हुनका लागि जागिर भन्दा पनि उधमि हुने साेचकाे बिकास हुनुपर्छ । ज्ञान सीप र स्रोत साधन बाट मानिसलाई आर्थिक रुपमा परिवर्तन गर्नुपर्छ। यसकाे बिकास बाट उधमशिलता बिकास हुन्छ। यसबाट मानिसलाई आर्थिक रुपमा बलियाे बनाउनुपर्छ र बन्नुपर्छ ।” – पाण्डेले भन्नुभयाे ।

” नेपालीले जानेकाे कुरा, गालि, विराेध, मात्र छ । कुरा सिक्नेमा अगाडि भए काे तर लगानी गर्न नजानेकाे, किन्न जानेकाे, तर उत्पादन गर्न नजानेकाे,अब हामी कसरी उपार्जन गर्ने भन्ने बिषयमा साेच्दैनाै । अनि कसरी आर्थिक रुपले बलियाे बन्छाैँ ।” उहाँले भन्नुभयो ।

“चेतना आउने भनेकाे बस्तु देखेपछि हाे यसले गर्दा हरेक दिनमा मनमा आएका साेच लेख्नुपर्छ, बाेल्नुपर्छ र अभ्यास गर्नुपर्छ । यस्ताे गर्याे भने नँया अभ्यासको सुरुवात हुन्छ । हाम्रो हरेक काेषमा क्षमता छ यसलाई उजागर गर्न आट,सीप र अभ्यासको आवश्यक्ता पर्छ । “पाण्डेले भन्नुभयाे ।


साे अवसरमा प्रवक्ता माधव वली र वडा अध्यक्ष भिम बहादुर याेगिले ग्रिन फाउण्डेशन नेपालले महिलाहरुलाई स्थानीयस्तरमा पाइने कच्चा पदार्थबाट सामग्री निर्माण सिप प्रदान गरेर आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिएको धारणा राख्नुभयो ।

काङ्ग्रेस वडा सभापति भिम बहादुर वली, एमालेका अम्विका प्रशाद याेगि , स्थानिय वन महासंघका भिम खत्री , तकियापुर खानेपानी सरसफाइ समितिका अध्यक्ष तिलक बहादुर केसि, हरियाली मञ्च नेपालका अध्यक्ष शुरेस रावत लगाएतले आ -आफनाे धारणा राखेका थिए ।

ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्