दिप्तिशिखा चाैधरी
तुलसीपुरका उधमि बन्न सपना देखेकाहरु बाँसमा बुट्टा भर्दै असल उधमि बन्न खाेजिरहेका छन् । तीन हप्ता सम्म बाँसमा बुट्टा भर्न सिकेपछि कतिपयमा मेराे जीवन बाँसमा छ भन्ने साेचे । कसैले फाेटाेफ्रेम बनाए, कसैले चुरा सटेन्ड, फुलदानि, मुडा, र्याक । घरमा चाहिने सामग्रीहरु थरिथरिका बाँस बाट निर्माण भएका थिए ।
सहभागी रिता चाैधरी बास बाट यति सामग्री बन्छ भन्ने थाहा नपाएको अवका दिनमा तालिममा सिकेकाे सिपलाइ निरन्तरता दिने बताउनुभयो ।
हेमराज राणाले कपुरकाेट सल्यानबाट तिलम लिन आएकाे बताउनुभयो । तालिम सिकेपछि अझै राम्रो सामग्री बनाउन उत्साहित भएको बताउनुभयो । “बजारिकरण कसरी गर्ने भन्ने बिषयमा ग्रिन फाउन्डेसनले सहयाेग गर्ने भनेकाे छ अब यहि पेसामा लाग्नेछु ।”- उहाँले भन्नुभयो ।
हेमराज राणा सहभागी मध्ये बाँसकाे सामान बनाउनमा उत्कृष्ट भएको भन्दै खुसि ब्यक्त गर्नुभयाे । “प्रशिक्षकले सबैभन्दा राम्रो बनाउँनुभयाे भन्दै पहिलाेमा मलाई छान्नु भयाे तीन हप्तामा राम्रै सिकेकाे रहेछु खुसि छु । अब यसैबाट उधमि बन्छु ।”- उहाँले भन्नुभयो ।
तालिममा सुस्मिता चाैधरि पनि महिलाहरु मध्ये उत्कृष्ट भएको बताउनुभयो । सुस्मिताले भन्नुभयाे – “सुरुसुरुमा त बाँस बाट कसरी सामान बन्छ सपना देखेकाे थिए तर पछिपछि बनाउदै जादा सजिलाे लाग्न थाल्याे । लगनशिल भएर गर्याे भने सजिलो हुने रहेेछ । अब बाँस बाट बन्ने सामान बनाएर बेच्न सक्छु जस्तो लागेकाे छ ।”
जल ,जमिन , प्रकृति र संस्कृतिलाइ समृद्धि संग जाेड्नुपर्छ : घनश्याम पाण्डे
ग्रिन फाउन्डेसन नेेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले जल ,जमिन , प्रकृति र संस्कृतिलाइ समृद्धि संग जाेड्नुपर्ने बताउनुभएको छ । स्थानिय स्तरबाटै प्लाष्टिकमुक्त बजार बनाउन लाग्नुपर्ने कुरामा जाेड दिदै प्लास्टिकले क्यान्सरकाे जाेखिम बढिरहेको समयमा आफुले बाटै प्लास्टिक हटाउने अभियान सुरु गर्नुपर्ने बताउनुभयो । तुलसीपुरमा साेमबार सम्पन्न भएको बाँस कृषि वन उधम सम्मेलन तथा तालिम समापन समाराेह कार्यक्रमका प्रमुख अतिथि पाण्डे ले यस्तो बताउनुभएको हाे । एक घर एक स्वराेजगारकाे अभियान चलाउन हरेक नागरिकले सपना देख्नु पर्ने बताउनुभयाे ।
“सपना देख्न हराएको नागरिकलाई सपना जागृत गराउन तालिम, कार्य, सम्वाद बाट सुरु गर्नुपर्नेछ । नेपाल गरिव हुनुकाे कारण नेपाली किन्नेवाला भएर हाे अब वेच्ने ठाउँमा रुपान्तरण गर्नुपर्छ । ज्ञान सीप प्रविधि बेच्नका लागि हरेक नागरिक उधमशिल बन्नुपर्छ । देश भित्र राेजगारि सिर्जना गर्न सिर्जनात्मक र परिस्कृत अभियान चलाउनुपर्छ । अनि मात्र आर्थिक रुपमा समृद्धि हुन्छ । “-उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयाे -” संसारकाे अर्को समस्या आर्थिक संकट हाे । देश चरम आर्थिक संकटबाट गुज्रिरहेकाे छ । अर्थतन्त्र लाई चलायमान गराउन चुनाैती छ । यसलाई पुनर्जागरण गर्नुपर्छ ।अर्थतन्त्र बिकासका नाम औधाेगिक क्रान्तिती सुरु भयाे । वातावरण प्रदुशण अत्यधिक मात्रामा बढ्याे । यसले वातावरण प्रदुशन, जलवायु संकट, विश्व तापमान बृद्दि, मानव सभ्यताका निम्ति चुनाैतिका रुपमा देखियाे । यसकाे समाधान नै हरित अर्थतन्त्र हाे । जसलाई वन, वातावरण , जलवायूको संरक्षण गर्ने, खेर गइरहेकाे जग्गा पुनस्थापित गर्ने, त्यसकाे दिगाे स्थापना बाट उधमकाे विकास गर्ने । ”
साे अवसरमा नगर प्रवक्ता माधव वलीले समाजलाई आर्थिक रुपान्तरणमा डाेर्याउँनका लागि याेजना बनाएर अघि बढ्ने प्रतिवद्दता जनाउनुभयाे । आफनाे गाउँमा बाँस डवरा भन्न ठाउँलाइ बासगाउँ बनाउने अभियानमा लाग्ने प्रतिवद्दता जनाउनुभयाे ।बाँस गाँस, बास, कपास र क्यास भएकोले यसलाई उत्पादन र उपार्जनमा लगाउनका लागि याेजना अघि बढाउँने प्रतिबद्दता जनाउनुभयाे ।
तुलसीपुर २ का वडा अध्यक्ष भिम बहादुर याेगि ,वडा न. ३ का वडा अध्यक्ष वीर बहादुर वि क, वडा न. ८ का वडा अध्यक्ष धर्मराज वली, दङ्गिशरण गाउँपालिका वडा ६ का अध्यक्ष रेशम शाहले स्थानिय वस्तुको प्रवर्द्दनका लागि नीति कार्यान्वयनमा अगाडि बढ्ने बताउनुभयो । बाँस र बाँसकाे जराबाट आकर्षक सामग्री बनाउने तालिम संचालन गर्ने, नागरिकलाई ब्यवसायिक बनाउन सुनिश्चित गर्ने प्रतिवद्दता जनाउनुभयाे ।
मेट्राे कलेजका प्रमुख वसन्त आचार्यले उत्पादन मात्र नगरेर उपभाेग संग जाेडेर लग्नुपर्ने बताउनुभयो । मेट्राे कलेज उत्पादन लाई उपभाेग संग जाेड्नका लागि पुलकाे काम गरिरहेकाे बताउनुभयो । स्थानिय वस्तुहरु जिवनशैलिमा नल्याउदा बजार नपाएको भन्दै हामी स्वयम आफुले आफनाे घरमा राख्न्नका लागि प्रण गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उधाेग बाणिज्य संंघका अध्यक्ष बिनिल के सिले
हरित गृहलाइ प्रााथमिक्तातामा राखिने बताउनुभयो । ग्रिन फाउन्डेसनकाे उधमि र उधमशिलता मिसन र अभियान उपलब्धिमुलक रहेकाे भन्दै तुलसीपुर उधाैग बाणिज्य संघमा स्थानिय उत्पादन प्रवर्द्दन गर्न यसलाई बुझ्न, हेर्न, सेवा वा जानकारी लिनका लागि प्रदर्शन संग्रहालय स्थापना गर्न लागेकाे बताउनुभयो । स्थानिय उत्पादनलाइ बजारिकरण गर्न एउटा ब्यवसायिले अर्को ब्यवसायिलाइ सेवा वा उत्पादन प्रदान गर्न ब्यापारिक माेडेल तयार गर्ने याेजनामा रहेको बताउनुभयो ।
जिल्ला वन डिभिजन कार्यालय डिभिजन प्रमुख इश्वरी पाैडेलले एक सामुदायिक वन एक उधम नीति सरकारकाे रहे पनि वजेटमा कञ्जुस्याइ गरेकाले उधमशिल कार्यक्रम साेचे अनुशारकाे संचालन हुन नसकेकाे बताउनुभयो । स्वदेसि उत्पादन प्रयाेग गर्ने सरकारकाे निर्णयलाई सबैले पालना गर्नुपर्ने भन्देै वातावरण प्रदुशन बाट राेक्न यी वस्तुकाे प्रयाेग गर्ने गरेमा स्थानीय उत्पादनकाे प्रवर्दन गर्न सकिने बताउनुभयो ।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषि भण्डारी , शान्ति नगर गाउँ पालिका स्थानीय वन महासंघ भिम केसि, पारिवारिक निजि वन लुम्बिनी प्रदेश अध्यक्ष पदम केसि,तुलसीपुर उधाैग शाखा प्रमुख रेखा शर्मा , स्थानिय सामुदायिक वन महासंघ सचिव रक्षा काफ्ले लगाएतले आ – आफनाे धारणा राखेका थिए ।
साे अवसरमा भु – तथा जलाधार ब्यवस्थापनन र्कायालय फरेस्टर राकेश शाहि र त्रिलाेचन भण्डारीले नेपालमा बास खेति उत्पादन र बास उधाैगकाे सम्भावनाका बिषयमा जानकारी गराउनु भएको थियाे ।
सस्थाका उपाध्यक्ष आशा जिसिकाे अध्यक्षतामा भएको कार्यक्रमकाे शहजिकरण हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश रावतले गर्नुभएको थियाे ।
अम्बिका याेगिकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमका सस्थाका अध्यक्ष विष्णु केसिले धन्यवाद ज्ञापन गर्नुभएको थियाे ।
ग्रिन फाउन्डेसनको आयाेजनामा भएको तीन हप्ते तालिमकाे प्रशिक्षकमा राम प्रशाद राई र तुल बहादुर के सि रहनु भएको थियाे ।
ग्रिन फाउन्डेसनले विभिन्न प्रदेशका ४० वटा पालिकामा स्थानीय उत्पादन प्रवर्द्दनका लागि काम गरिरहेकाे छ ।