
तुलसीपुरस्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेश रावत सर्वसम्मत चयन हुनु भएकाे छ। समितिको सदस्य सचिवमा प्रधानाध्यापक भागवत पौडेल चयन हुनुभएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूमा दुजमान भण्डारी, भुपाल खनाल, सुशिला खडका, सरस्वती खनाल र नारायण प्रसाद रजौरे चयन भएका छन्।
यसैगरी गुमान छन्त्यालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ। संघका सदस्यहरूमा पुष्पा वली, पूजा वली, दिलकुमारी बस्नेत, लोकबहादुर बिसी, प्रेमकला केसी, हेमराज लामिछाने, अनिता पौडेल, दुर्गाराज लवट, रुद्रबहादुर डाँगी र भागवत पौडेल रहेका छन्।
समिति गठनपछि बसेको बैठकले नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत करिब १५ सय विद्यार्थीलाई साउनदेखि मंसिरसम्म दैनिक २० रुपैयाँका दरले खाजा वापत खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

