त्रिभुवननगर जेसीज सप्ताह–२०२५को उद्घाटन, आज पहिलो दिन मानव कल्यान समाजलाई सहयोग




विवेक देवकोटा

त्रिभुवननगर जेसीजले प्रत्येक वर्षझैं आयोजना गर्ने जेसीज सप्ताह–२०२५ को उद्घाटन समारोह आज नारायणपुरस्थित मानव कल्याण समाजलाइ सामग्री सहयोग तथा सेवा अश्रितहरूलाइ भोजन गराउँदै सप्ताहको विधिवत् सुरुवात गरिएको छ।

समारोह त्रिभुवननगर जेसीज २०२५ का अध्यक्ष टंक बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको थियो भने लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री माननीय सीता शर्मा चौधरी प्रमुख अतिथि रहनु भएको थियो।

प्रमुख अतिथि मन्त्री चौधरीले युवाहरूमार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउँदै जेसीजले नेतृत्व विकास, सामाजिक चेतना र सेवा भावनाको प्रवर्द्धनमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “जेसीज जस्ता संस्थाहरूले युवा पुस्तालाई सामाजिक उत्तरदायित्वबोधसहित नेतृत्वको मार्गमा अघि बढाइरहेका छन्, जुन अत्यन्त प्रशंसनीय छ। मानव सेवा, सहानुभूति र आत्मीयताको भावनाले समाजलाई जोड्ने काम गर्छ, र आजको कार्यक्रम त्यसको उत्कृष्ट उदाहरण हो। यस्ता संस्थाहरूसँग सरकार निरन्तर सहकार्य गर्न तत्पर छ।”

कार्यक्रमका अध्यक्ष टंक रावतले जेसीज सप्ताहको सुरुवात समाजसेवामार्फत गरेके बताउँदै “हाम्रो अभियान नेतृत्व विकाससँगै सामाजिक उत्तरदायी रहँदै युवालाई सिर्जनशील, उत्तरदायी र सेवामुखी बनाउने उद्देश्यले अघि बढिरहेका बताउनु भये उहाँले सेवा घरमा आश्रितहरूलासँग सप्ताहको प्रारम्भ गर्नुले संस्थागत आदर्शलाई प्रतिविम्बित गरेके बताउनु भएको थियो।

कार्यक्रममा त्रिभुवननगर जेसीजको वार्षिक क्यालेन्डर २०८२ को विमोचन समेत गरिएको थियो।

उद्घाटन समारोहमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, लमही जेसीजका अध्यक्ष रामदीन चौधरी, तुलसीपुर जेसीजका अध्यक्ष सन्दिप भुसाल, दाङ महिला जेसीजकी कार्यवाहक अध्यक्ष लक्ष्मी घमाल, अप्टिमिष्ट क्लब अफ घोराहीका अध्यक्ष निरञ्जन गहतराज, प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपाली, प्रेस सेन्टर नेपालका जीवन नेपाली, साथै त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष तथा २०२५ का आन्तरिक लेखा परीक्षण समिति संयोजक दीपक शर्मा, मुकेश्वर शर्मा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सप्ताहको उद्देश्य र भावनाका बारेमा मूल संयोजक बाबुराम पाण्डेयले जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्