दाङमा ‘राप्ती कोरिडोर’ आयोजनाको उद्घाटन



संघिय सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले लुम्बीनी प्रदेशको राजधानी भालुवाङमा आज एक कार्यक्रमका बीच ‘राप्ती कोरिडोर’ आयोजनाको शिलन्यास गर्नुभएको छ ।

करिडोरको शिलन्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रुपमा रहने बताउनुयो । उहाँले दाङ प्रसस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती कोरिडोरका माध्यमबाट विकासको अरु पक्षलाई पनि जोड्ने सकिने धारणा राख्नुभयो ।

राप्ती कोरिडोर अन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास(तटवन्ध) गरी वृहत योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको बताउनुभयो ।

‘भालुवाङबाट शुरु भएर करीव ८७ किलोमिटर लम्बाइमा रहेको राप्ती नदीको दुवै तर्फ कालो पत्रे गरिनेछ । जसले नदी उकास गरी नयाँ शहर बसाल्न सकिने छ भने सुन्दर पार्क निर्माण गरेर दाङमा नयाँपन ल्याउन सकिनेछ,’ उहाँले भन्नुभयो । राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर आयोजनामा नदी उकास भएपछि हजारौँ विगाहा जमिन प्रयोगमा आउने छ ।

बहुवर्षीय आयोजना अन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भईसकेको पनि उहाँको भनाई छ ।

विकासको मोडल अहिले पनि पुरानै शैलीमा हुने गरेको बताउँदै आफु शहरी विकास मन्त्री भएपछि पूर्वाधार विकासदेखि समग्र विकासको मोडेलमा नयाँपन दिने गरी अघि बताउनुभयो । राप्ती कोरिडोरको अवधारणा पूरा गर्न पनि आफुले आज शिलान्यासको कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्