तुलसीपुरमा सञ्चार कार्यविधिको मस्यौदामाथि छलफल




तुलसीपुर उपमहानगरपालिकाले स्थानीय सञ्चार माध्यमलाई व्यवस्थित गर्न तयार पारेको सञ्चार कार्यविधिको मस्यौदामाथि छलफल गरिएको छ।

रेडियो, पत्रिका, अनलाइन र टेलिभिजनमा प्रकाशन–प्रसारण हुने लोककल्याणकारी सूचनाको दररेटसम्बन्धी विषयमा गहन छलफल भयो।

संचारकर्मीहरूले लाेककल्याणकरि विज्ञापनकाे रेट  घटाएकाे भन्दै   असन्तुष्टि जनाउँदै समयानुकूल समायोजनको माग गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेलले मस्यौदालाई सकारात्मक पहल भन्दै व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो।

प्रशासकीय अधिकृत केशवराज पार्धेले कानुनी प्रक्रिया अनुसार कार्यविधि लागू गरिने बताउनुभयाे।

महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका प्रतिनिधिहरूले कुनै पनि सञ्चार संस्था प्रभावित नहुने गरी कार्यविधि लागू गर्न आग्रह गरे।

कार्यक्रम सञ्चार कार्यदल संयोजक धर्मराज वलीको अध्यक्षता र सूचना प्रविधि शाखा प्रमुख बाबुराम न्यौपानेको सहजीकरणमा सम्पन्न भयो।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्