खरका छाना हटाएर जस्तापाता, लमहि नगरद्दारा अनुगमन



शिवु खनाल

लमही नगरपालिकाले खरका छाना हटाएर जस्तापाता लगाइएको घरहरूको स्थलगत निरिक्षण तथा अनुमान गरिएको छ । लमही नगरपालिकाले यसवर्ष नगर अन्तरगत ९७ घरधुरी संख्या रहेका खरका छाना हटाएर जस्तापाता लगाएकाे छ ।

जसअनुसार साेमबार वडा नम्बर ९ अन्तरगत विपन्न, असाहाय र सिमान्तकृत समुदायहरूको घरका खरका छाना हटाएर जस्तापाता लगाइएको घरहरूकाे अनुगमन गरिएको हाे ।

लमही नगरपालिका नगर उप–प्रमुख लक्ष्मी योगिको संयोजकमा लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोखरेल, पुनिराम चौधरी, लमही नगरपालिका वडा नम्बर २ का वडासदस्य सनिता चौधरी, ८ नम्बर वडा सदस्य देवा परियार, योजना शाखा कर्मचारी कमल शर्मा लगायतले अनुगमन गर्नु भएको हो ।।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्