दंगीशरण गाउँपालिकाको ४५ करोडको बजेट सार्वजनिक



 

दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले मंगलबार १९औं गाउँसभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्नु भएको हाे ।

बजेटमा संघीय सरकारबाट ३७ करोड ८२ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ९ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ। आन्तरिक आम्दानीतर्फ १ करोड ५५ लाख र बैंक मौज्दातबाट २ करोड ६३ लाख रुपैयाँ अनुमान गरिएको छ।

बजेटमध्ये चालू खर्चतर्फ ६१% र पूँजीगत खर्चतर्फ ३८.३९% विनियोजन गरिएको छ। साथै, आर्थिक ऐन, बजेट तथा कार्यक्रम, विनियोजन ऐन, र मटवा प्रणालीसम्बन्धी विधेयक सभामा प्रस्तुत गरिएको छ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीले आइतबार १९५ बुँदे नीति तथा कार्यक्रम पेश गरेका थिए भने तेस्रो बैठक असार १२ गतेका लागि तय गरिएको छ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्