
आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइएको छ । विभिन्न कलकारखानामा कालिगढहरुले भगवान् विश्वकर्माको मूर्ति वा तस्वीरमा पूजाआजा गर्दै औजार र उपकरणको आराधना गरेका छन् ।
यस दिन पूजाआजा गर्दा औजार टिकाउ हुने, काममा नबिग्रने र राम्रो गुण प्राप्त हुने विश्वास छ ।
धार्मिक मान्यताअनुसार द्वापरयुगमा भगवान् कृष्णलाई बचाउन विश्वकर्माले एकै रातमा ‘भेद द्वारका’ निर्माण गरेका थिए, जसपछि उहाँलाई सफल वास्तुविद् मानी पूज्ने परम्परा सुरु भएको हो ।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार

