आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन




तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन परेको छ। कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारमा कुकुरलाई मीठा परिकार खुवाएर पूजा गर्ने परम्परा छ।

कुकुरलाई यमराजको द्वारपाल तथा आज्ञापालक र सुरक्षाको भरपर्दो साथीका रूपमा सम्मान गर्ने धार्मिक विश्वास रहिआएको छ।

आजै साँझ घरआँगन सफा गरी दीप प्रज्वलन गर्दै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ।

यसैगरी गाईपूजा भोलि र भाइटीका कात्तिक २५ गते बुधबार परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्