प्रेस चौतारी नेपाल दाङले नयाँ वर्षको अवसर पारेर तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यान अर्थात गणेशपुर पार्कमा पार्कको दीर्घकालीन विकासका लागि मिडियाको भुमिका तथा समाजमा बढ्दो लागु औषध दुव्र्यसन नियन्त्रण विषयमा कार्यक्रम गरेको छ ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यमा शनिबार कार्यक्रम भएको हो ।
सो अवसरमा राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) का अध्यक्ष डिल्ली भण्डारीले गणेश सामुदायिक वन उपभोक्ता समुहले वनका माध्यमबाट संस्कृति र प्रकृति जोगाउने अभियान सफल हुनुमा सबैको साथ रहेको बताउनुभयो । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सवालमा विद्य मान पूर्वाधारमा थप लगानी बढाउँदै सबैको आकर्षक केन्द्र बनाउने काम भईरहेको जानकारी गराउनुभयो । उहाँले सामुदायिक वनका माध्यमबाट भएको प्रयासले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयलाई आर्थिक क्रियाकलापमा जोड्न सफल भएको बताउनुभयो ।
नयाँ पाइला पुनस्र्थापना केन्द्रका उपाध्यक्ष शुरेस भुसालले लागू औषध दुर्व्यसन नियन्त्रणमा संस्थाले गर्दै आएको गतिविधि बारे जानकारी गराउनुभएको थियो । अहिले बालबालिकाहरु लागु औषधको लतमा फस्दै जाने क्रम बढेकाले घरपरिवारबाटै सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
प्रमुख अतिथि प्रियासनले प्रेस चौतारीले विगतदेखि खेल्दै आएको भुमिकाको चर्चा गर्दै आगामी योजनाका बारेमा पनि अवगत गराउनुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारी, प्रेस युनियन केन्द्रीय सदस्य नारायणी रजौरे, प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशील बस्नेत, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आसन्न पत्रकार महासंघको निर्वाचनमा जेएन सागरको नेतृत्वमा जाने विषयमा यसअघि भएको निर्णय सार्वजनिक गरिएको थियो ।
चौतारी दाङकी उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।।