डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त



डिल्ली चौधरी कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन - Ujyaalo Nepal

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चैत १२ गते समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेर विस्वासको मत पाउन नसकेपछि बैशाख ११ गते यसअघिका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढलेको थियो ।

हाल मुख्यमन्त्री नियुक्त भएका चौधरीले नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टिका ३र३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १र१, जना गरी ५३ जना प्रदेशसभा सदस्यहरुले समर्थन गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएका चौधरीलाई भोली १५ गते सपथ खुवाउने तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ ।

दाङ क्षेत्र नम्बर ३ ९क० बाट गत मंसिरको प्रदेश सभा निर्वाचन जितेका चौधरी यसअघिको लुम्बिनी प्रदेशसभामा पनि मन्त्री बनेका थिए भने २०७० सालमा प्रतिनिधिसभामा निर्वाचित भएर राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्