चिलीमा अत्यधिक गर्मीका कारण १३ जनाको ज्यान गएको छ । त्यहाँको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ ।
गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर ९३५ हजार एकड० क्षेत्रफलमामा आगो फैलिएको हो । आगलागीमा हालसम्म १३ जनाको ज्यान गएको बताईएको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको ज्यान गएको हो ।
चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि ला अराउकानियामा दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।
आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको अन्तराष्टिरय संचार माध्यमले जनाएका छन् ।
प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार