गर्मी बढेपछि तुलसीपुरका विधालयहरु बन्द



विद्यालय र समुदायको अन्तरसम्बन्ध «

अत्याधिक गर्मी बढ्न थालेपछि तुलसीपुरका सबै विद्यालयहरु बन्द हुने भएका छन् । गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावना भएकाले भोली जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म तुलसीपुरका सबै विद्यालयरु बन्द हुने भएका हुन् ।

उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा समितिले गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय गरेपछि शिक्षा शाखाले विज्ञप्ती जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्