पत्रकार महासंघ दाङ द्धारा अपांग संघलाई सहयोग



दाङ नेपाल पत्रकार महासंघको ३० औं स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण कार्यक्रम गरिएको छ । महासंघको स्थापना दिवसका अवसरमा आज तेस्रो दिन नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङलाई खाद्यान्न सहयोग गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष बसुन्धरा गौतम, उपाध्यक्ष सन्तोष सुवेदी, सह सचिव दशरथ घिमिरेको टोली त्यहा पुगेर खाध्यान्न हस्ताण्न्तरण गरेको छ । नेपाल अपांग संघका निर्वतमान अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, सचिव भुमा चौधरी, सहसचिव वसन्त भट्टलाई खाद्यान्न हस्तान्तरण गरिएको हो । सो अवुरमा अपांगता भएका व्यक्तिहरुको पुनर्स्थापना र सिकाइ केन्द्रको रुपमा विकास गर्न खोजिएको संघका उपाध्यक्ष शरद अधिकारीले बताउनु भयो । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले पत्रकार महासंघले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व बहन गरेको बताउनु भयो । पत्रकार महासंघले स्थापना दिवसको अवसरमा पुस १ गते देखि ४ गते सम्म कार्यक्रम गर्न थालेको छ । पुस ४ गते तुलसीपुरमा स्थापना दिवस मुल समारोहका बिच आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्