दाङमा प्रहरी जवान बाटै श्रीमती र छोराको हत्या



बञ्चरो प्रहारबाट एक जनाको हत्या

दाङको घोराहीमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । हत्या गरेका प्रहरी जवान पिमलाल नेपालीले प्रहरीलाई दिएको बयान अनुसार उनले घरायसी विवाद भएपछि हत्या गरिएको बताएका छन् ।

घोराहीको सुपर ग्रीनपिस होटलमा बास बसेका उनिहरुको त्यही विवाद भएको थियो। पिमलालले श्रीमतीलाई घर जान अनुरोध गरेपछी घर जान अस्वीकार गर्दा विवाद उत्कर्समा पुग्दा हत्या भएको हो। श्रीमतीले पिमलाल कार्यरत स्थानमै बस्ने भनेपछि झगडा सुरु भएको र
पिमलालले रिसको झोकमा हत्या गरेको प्रहरीमा बयान दिएका छन।

त्यस्तै उनले श्रीमतीको हत्या पछि  छोराको पनि हत्या गरेको प्रहरीमा बयान दिएका छन। प्रारम्भिक अनुसन्धानमा यो कुरा खुलेपनि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या आज बिहान ७ बजे गरेका थिए। श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

नेपालगन्जबाट प्रहरी जवानलाई भेट्न उनको श्रीमती र अढाई वर्षीय छोरा सुशान्त शनिबार घोराही आएका थिए। नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्