जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु



दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु भएको छ ।

स्थानीय शवकुमार यादवकी छोरी जमुना यादवको शुक्रबार भिटामिन ‘ए’ र जुकाको औषधि खाँदै गर्दा घाँटीमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि अड्किएपछि बालिकाको सास रोकिन गई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरी परिवारलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्