
भलिबल खेलेर घर फर्किदै गरेका एक जना किशोरको पहिरोमा परी मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–३ लोटाउनेका १७ वर्षीय मदन पुनको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिनुभयाे ।
राप्ती राजमार्ग हुँदै पैदल घर फर्किदै गरेका पुनलाई सोमबार राति करिब १० बजेतिर कपुरकोट गाउँपालिका ५, खारखोलामा पहिरो संगै खसेको रूखले च्यापेको हो।
उनी र साथमा रहेका १८ वर्षीय साथी सुनिल थापा पनि घाइते भएका थिए।
प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार

