सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा रोल्पा गंगादेब गाउँपालिका ४ निवासी अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षिय टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राप्ती लोकमार्गअन्तर्गत दाङ(सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका(३ चोरखोला नजिक लत्रिएको विद्युतको तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट लागेको थियो ।
बसभित्र करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै बस धनी सल्यान छत्रेश्वरी गाउँपालिका ६ निवासी अन्दाजी ३५ वर्षिय महेन्द्र वली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते वलीलाई उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको प्रहरीले जनाएको छ । बसमा २७ जना यात्रु सवार रहेका थिए ।
प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार