अनेरास्ववियु दाङको २३औ जिल्ला अधिबेशन भदौ दश गते



हिजोको त्यो अखिल, आजको यो अखिल ! – Online Khabar

 

अनेरास्ववियु दाङको बैठक आज एमालेको पार्टी कार्यालय तुलसीपुरमा सम्पन्न भएको छ । अनेरास्ववियु दाङका इन्चार्ज बिरबल खड्काको अध्यक्षता तथा नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेश रावत र पवन रिजालको उपस्थितिमा बैठक बसेको हो । बैठकले अनेरास्ववियु दाङको २३औ जिल्ला अधिबेशन भदौ १० गर्ने निर्णय गरेको छ ।

यसका लागि यहि भदौ १ गते सम्ममा क्याम्पस कमिटीको बैठक तथा भेला सम्पन्न गर्ने, भदौ ४ गतेसमम पालिका स्तरका कमिटीको बैठक सम्पन्न गर्ने र भदौ ६ गते सम्ममा निर्वाचन क्षेत्रका कमिटीको भेला तथा अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसको लागि निर्वाचन क्षेत्र १ मा बिरबल खड्का र सर्जन परियार, निर्वाचन क्षेत्र न २ मा बिराज डिसि र गोपाल रेग्मी, निर्वाचन क्षेत्र ३ मा प्रकाश शर्मा, अभिषेक बिएम र बर्सात भण्डारीलाई जिम्मेवारी प्रदान गरि अनेरास्ववियुका जिल्ला कमिटीका नेताहरुसहितको सहकार्यमा काम गर्न निर्देशन समेत गरेको छ ।
अधिबेशन भव्य रुपमा तुलसीपुरमा सम्पन्न गर्न अन्य तयारी थाल्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्