उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नित्यानन्द पाण्डेले तुलसीपुर काे भविष्य, आकर्षण र गरिमा के ? भन्ने बिषयमा गम्भीर हुन जरुरी रहेकाे बताउनु भएको छ ।
तुलसिपुर उधाेग बाणिज्य संघले आयाेजना गरेकाे नव निर्वाचित कार्यसमितिलाई पदभार तथा सम्मान कार्यक्रम प्रमुख अतिथि समेत रहनु भएका न्यायधिस पाण्डेले तुलसीपुरलाई आकर्षक स्थलकाे रुपमा पहिचान दिनका लागि यसकाे दिर्घकालिन भविष्यलाई प्राथमिक्तामा राख्दै आकर्षक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयाे । अञ्चल सदरमुकामकाे रुपमा परिचित तुलसीपुर लाई प्रशासनिक केन्द्र काे रुपमा रहन्छ कि रहदैन , अञ्चल सदरमुकाम भन्दा माथि उठेकाे छ या तल छ साेच्न जरुरी रहेको बताउनुभयाे । तुलसीपुर काे समृद्धि लाई जाेगाइराख्न नँया पहिचान के दिने भन्ने बिषयमा याेजना बनाइ सुख र शान्ति सहितकाे समृद्धि ल्याउनुपर्ने बताउनुभयो । सार्वजनिक हैसियत प्राप्त गरिसकेपछि पदकाे जिम्मेवारी संगै आम रुपमा सन्तोषजनक दायित्व निर्वाह गर्नुपर्ने बताउदै अवसरलाई जाेगाउने, बनाउने, बचाउने कामलाई तिव्रता दिनुपर्ने बताउनुभयाे । अवकाे तुलसीपुर उधाेग बाणिज्य संघकाे टिमले नयाँ याेजनाका साथ समग्र रुपमा समाजकाे हितलाइ न्याय दिने खालका काम गर्न सक्नुपर्ने , सराकाेरका विषयलाई सुधार गर्नुपर्ने सुझाव दिनुभयाे ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले आम व्यवसायीहरुको सौहार्दपूर्ण व्यवसायी छनोट गर्ने वातावरण तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्नु पर्ने बतााउनुुभयाे ।
त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले निजी क्षेत्रले सरकारलाई घचघच्याउने काम गर्दै आएको बताउनुभयाे ।
नेपाली कांग्रेस तुलसीपुर नगरकमिटीका सहसचिव शेषमणी भण्डारीले तुलसीपुर उद्योग वाणिज्य संघले उद्योगको मात्र नभए र समग्र विकासको क्षेत्रमा काम गरिरहेको अहिलेको कार्य समितिलाई अझ बढी जिम्मेवारी बढेको बताउनुभयाे ।
नेकपा एमाले नगरकमिटि सचिव रुपबहादुर खत्रीले तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले व्यवसायिक समस्या समधान गर्नतर्फ लाग्नु पर्ने बताउनुभयाे । व्यवसायीहरुको कर लगायतका विषयमा कसरी छुटदिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिंदै पराजित प्यालनहरुको राम्रो योजना लिएर जानुपर्ने सुझाव दिनुभयाे ।
नेकपा माओवादी केन्द्र तुलसीपुर नगरकमिटिमा अध्यक्ष मोहन थापाले तुलसीपुर उद्योग वाणिज्य संघ सबैको साझा हुन आवश्यक रहेको बताउनुभयाे।
दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष संकसिंह बुढाथोकीले तुलसीपुर लगायत समग्र दाङको विकासमा आवाज उठाउँदै आर्थिक, र पर्यटन क्षेत्रको विकासका लागि तुलसीपुर उद्योग वाणिज्य संघसँगै रहने बताउनुभयाे।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विनिल केसीेले मत बाडिएपनि ब्यवसायिहरुकाे मन नबाडिने गरि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
निवर्तमान अध्यक्ष रामप्रसाद चालिसेले आफूले सुरुवात गरेको तर पूरा नभएको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयाे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले उद्योगीको विकास र हकहितको लागि निरन्तरता दिनुपर्ने भन्दै नयाँ कार्य समितिमा युवाहरु अगाडि आएकोले व्यवसायीमा अझ बढि अपेक्षा रहेकाले सबैलाई मिलाएर सबैका मुद्दा लिएर अगाडि बढ्न सुझाव दिनुभयाे।
निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा स्वागत निर्वाचन समितिका सदस्य रामशरण चौधरीकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण पुष्कर बहादुर भण्डारीले गर्नु भएको थियाे।