ग्वारखोलाको पुरानो पुलमा जोखिम देखिएपछि घाेराहि तुलसीपुर सवारी आवागमन बन्द



दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत ग्वारखोलाको पुरानो पुलमा जोखिम देखिएपछि सवारी आवागमन बन्द गरिएको छ।

नयाँ पुल निर्माणका लागि जग खन्ने क्रममा पुरानो पुलको एप्रोच स्ल्याबमुनि रहेको माटो अविरल वर्षाका कारण भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै शनिबार बिहानदेखि पुलमाथिबाट सवारी सञ्चालनमा रोक लगाइएको हो।

डिभिजन सडक कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्रबहादुर विष्टका अनुसार भासिएको भागमा माटो तथा ढुंगा फिलिङ गरी आवश्यक मर्मतपछि पुनः सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ।

हाल विजौरीबाट राप्ती बबई क्याम्पस हुँदै तुलसीपुर जाने डाइभर्सन प्रयोग गरिएको छ। नयाँ पुल निर्माणका क्रममा गहिरो खाल्डो खनिएको र लगातारको वर्षाका कारण पुरानो पुलको भागमा समस्या देखिएको हो।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्