
दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति र जिल्लाको आर्थिक तथा समग्र विकासमा विमानस्थलको सम्भावित भूमिकाबारे तुलसीपुरमा खुला छलफल हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा दाङले आयोजना गर्न लागेको छलफल कार्यक्रम भोलि असोज २१ गते तुलसीपुर–६ रजौरास्थित कराही इभेन्ट स्पट रेष्ट्रो एण्ड लाउन्जमा हुनेछ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज ‘गनेस’ पौडेल र प्रतिनिधिसभा सदस्य तथा रास्वपा महामन्त्री विपिनकुमार आचार्य सहभागी हुने आयोजकले जनाएको छ।
टरिगाउँ विमानस्थलले लामो समयदेखि भोग्दै आएको समस्या, स्तरोन्नतिका लागि आवश्यक पहल तथा विमानस्थललाई जिल्लाको विकाससँग जोड्ने सम्भावनाबारे छलफल गरी आगामी योजनाका लागि सुझाव संकलन गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार

