देशभर ‘जेन जेड’ युवाको प्रदर्शन सुरु



दाङसहित देशभर ‘जेन जेड’ पुस्ताले आजबाट प्रदर्शन सुरु गरेका छन्। दाङको घोराही बजारमा प्रदर्शन आरम्भ भएको हो भने देशका अन्य प्रमुख शहरहरूमा पनि युवाहरू सडकमा उत्रिएका छन्।

जिल्ला प्रशासनले निषेधित क्षेत्रमा प्रवेश नगर्ने शर्तमा प्रदर्शनको अनुमति दिएको छ। घुसपैठ हुन सक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारले गरेको निर्णयको विरोधमा युवा सडकमा उत्रिएका हुन्। उनीहरूले भ्रष्टाचार अन्त्यलाई मुख्य नारा बनाएका छन्।

यससँगै सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाउँदै प्रभावशाली पदाधिकारीका सन्तानविरुद्ध पनि आवाज उठाइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्