लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले लुम्बिनी प्रदेशका प्रमुख शहरहरुमा सवारी साधन पार्किङका लागि स्थानीय सरकारसंग समन्वय गरी काम गरीरहेको बताउनुभएको छ । रिपोर्टस् क्लब नेपाल दाङ शाखाले आज सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रसाईले प्रदेशमा काहा कुन ठाउँमा ट्राफिक नियमका बारेमा कार्य गर्ने भन्ने विषयमा गृहकार्य गरि काम अगाडि बढाउँने बताउनुभएको हो ।
रिपोर्टस् क्लब नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रसाईले तीब्र गति र मदिरा सेवन गरेर सवारीका साधन चलाउने कार्यले सडक दुर्घटनामा बृद्धि भएको दाबी गर्नुभयो । लुम्बिनी प्रदेशमा रुपन्देही, बाँके र दाङमा बढी सवारी दुर्घटना हुने समेत उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले अटोका कारण बढी सवारी दुर्घटना हुने गरेको बताउनुभयो । ट्राफिक को मात्र नभई सवारी साधन चलाउँने सबै सचेत ट्राफिक नियमको पालना गरेमा दुर्घटनामा स्वत कमी आउँने बताउँनुभयो । स्थानीय सरकारले समेत सुचीकरण र ब्यबस्थापनमा ध्यान दिएको भए पनि सडकमा अटोका कारण बढी दुर्घटना हुने गरेको उहाँको भनाई थियो । कार्यक्रमको सहजीकरण क्लबका महासचिब बिमल गौतमले गर्नुभएको थियो ।