१७औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसमा मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



 


पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा १७औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा “पर्यावरण संरक्षणमा गिद्धको महत्त्व” विषयमा विद्यार्थीहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए ।

वक्तृत्व प्रतियोगितामा सृजना मावि, बिजैरीका देबिका बखरी प्रथम, बाल अमृत, दुधरासका दामोदर आचार्य द्वितीय र लक्ष्मी मावि, हेमन्तपुरकी समीक्षा खड्का तृतीय भए ।

प्रतियोगिता केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा  तुलसीपुर उपमहानगरपालिका–१६ का अध्यक्ष शिवानन्द डाँगीकाे  प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

वरिष्ठ वन अधिकृत रामज्ञा प्रसाद शाह,वडा न.  १८ का सदस्य शीतल बुढा लगाएतका बक्ताहरुले गिद्धलाई ‘प्राकृतिक सरसफाइकर्ता’ मानिने भएकाले यसलाई संरक्षण गर्नु मानव स्वास्थ्य, जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि महत्वपूर्ण रहेको कुरामा जोड दिएका थिए ।

 

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्