
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर कमिटीको आयोजनामा प्रधानाध्यापक भेला सम्पन्न भएको छ । आज शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित अमर इङलिस स्कुलमा एक कार्यक्रमका बिच प्रधानाध्यापक भेला सम्पन्न भएको हो ।
भेला प्याब्सन दाङले आगामी असोज ९,१० र ११ गते आयोजना गर्न थालेको जर्नी टु जिनिअस एक्स्पो २०८३ कार्यक्रममा केन्द्रित रहेको थियो।
एक्स्पो कार्यक्रममा विद्यालयले सहभागिता जनाउनका लागि केकस्ता सामग्री तथा प्रस्तुति राख्न सक्छन् भन्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा निवर्तमान केन्द्रीय सचिव एवम् प्राज्ञिक परिषद् सदस्य यादव गिरीले एक्स्पोका बारेमा स्पष्ट पारेका थिए । गिरीले एक्स्पोको उद्देश्य, प्रकृति,लक्ष्य, तथा प्रणालीका बारेमा स्पष्ट पार्नुभएकाे थियाे ।
भेलामा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले आ आफनाे धारणा राखेका थिए ।
प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।
उपाध्यक्ष विष्णु योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गर्नु भएको थियाे ।

