सुर्तीजन्य पदार्थको सेवन कम गर्न समुदाय स्तरमा जनचेतना जगाउँनुपर्छ

नेपालमा वर्षेनी ३७ हजार मानिसकाे सुर्तीजन्य पदार्थको प्रयोगबाट मृत्यु


दिप्तीशिखा चौधरी

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र कुमार पुनले सुर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा परिरहेको गम्भीर असर कम गर्न सबै पक्ष जिम्मेवार ढंगले भुमिका निर्वाह गर्नुपर्ने बताउँनुभएको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट नसर्ने रोग माहामारीको रुपमा फैलीसकेकाले क्यान्सर एक घर एक क्यानसर भईसकेको बताउँनुभयो । यसबाट बच्नका लागि एक मात्र उपाए भनेको जनचेतना जगाउँनुपर्ने, विधालय स्तरबाटै सुसुचित गराउँने, मदिरा, सुर्तीजन्य पदार्थको तमाम रुपले विज्ञापन गरिरहेकोले नेपाल सरकारले यसलाई बन्द गर्नुपर्ने बताउँनुभयो । पछिल्लो समय ७१ प्रतीशत मानीस सुर्तीजन्य पदार्थ सेवन गरि क्यान्सर रोगबाट ग्रसीत भइसकेको बताउँदै सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि प्रयोगकर्ताको आनीबानी सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना तथा हेल्थ आवाजको सहकार्यमा बुधबार लमहीमा आयोजित सुर्तीजन्य पदार्थको कारणले हुने क्यान्सर निवारणका लागि आयोजित अन्तरक्रियामा मन्त्री पुनले वर्तमान अवस्थामा कम उमेरका व्यक्ति पनि सुर्तीजन्य पदार्थको लतमा फस्दै गएको प्रति चिन्ता व्यक्त गर्दै विद्यालय तहबाटै व्यवापक सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । यसका लागि तीन तहका सरकारले विशेष भुमिका निर्वाह गर्नुपर्ने उँहाको धारणा थियो ।समुदाय स्तरमा मसीनो ढंगले सुर्तीजन्य पदार्थबाट हुने बेफाईदाका विषयमा जानकारी गराउँनुपर्ने बताउँनुभयो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक डा. प्रकाश शाहले पछिल्लो अवस्थामा विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुशार सर्नेभन्दा नसर्ने रोगको जोखिम भयावह रुपमा बढेको बताउनुभयो । पछिल्लो समय ७४ देखि ७५ प्रतीशत मानीस नसर्ने रोग बाट ग्रसीत भएको बताउँनुभयो । यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले करको दायरा बढाउँनुपर्ने बताउँनुभयो । सुर्तीजन्य पदार्थको प्रयोग रोकथाम गर्न चुनौतीको अवस्थामा भएपनि यसको प्रयोगबाट मानव स्वास्थ्यमा हुने असर र जोखिम बारे हरेक व्यक्तिलाई स्पष्ट रुपमा बुझाउन ् आवश्यक रहेको बताउनुभयो । अहिले क्यान्सर अस्पतालमा उल्लेख्य रुपमा क्यान्सरका बिरामी आउँने गरेकाले सरकारले जनसरोकारका विषयलाई प्रभावकारी रुपमा प्रचारप्रसार गर्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईमर्जेन्सी ईन्चार्ज डा. उमाकान्त तिवारीले सुर्तीजन्य पदार्थको असर, रोकथामका उपाय र नियन्त्रणका लागि बनेको कानुनको कार्यान्वयनको अवस्था बारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

डा. तीवारीले प्रश्तुत गरेको तथ्यांक अनुशार नेपालमा वर्षेनी ३७ हजार मानिस सुर्तीजन्य पदार्थको प्रयोगले मृत्यु हुने गरेको छ। यस्तै ७० प्रतिशत नसर्ने रोगका कारण मानिसको मृत्यु भईरहेको अवस्थामा अहिले ४६ प्रतिशतको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने रोगबाट भईरहेको छ। यस्तै १५ देखि ६९ वर्ष उमेरका ४८.३ प्रतीशत पुरुष, ११.६ प्रतीशत र ४० प्रतीशत बच्चाहरु सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाईएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगको अवस्था र असर बारे गरिएको अध्ययनले प्रयोगकर्ताको संख्यामा कमी हुँदै गएको देखाए पनि नियमित रुपमा प्रयोग गर्नेको दर भने बढ्दै गएको पाईएको छ ।

सुर्तीजन्य पदार्थको हाल प्रयोगकर्ता ३० प्रतिशतले घटाउने लक्ष्य राखिएको भएपनि नेपाल दक्षिण एशियाली मुलुकहरुमध्ये सबैभन्दा कम कर लगाउने तेश्रो मुलुकमा रहेको छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको करको दर वृद्धि गर्नु सुर्तीजन्य पदार्थ नियन्त्रणको प्रभावकारी उपाय भनेपनि नेपालले करको दायरा वृद्धि गर्न सकेको छैन ।

यसैबिच सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ को नियम १८ अनुसार नेपाल सरकारले लगाएको धुम्रपान तथा सुर्तीजन्य पदार्थको अन्तःशुल्क करबाट उठेको कुल रकमको कम्तिमा पच्चीस प्रतिशत रकम स्वास्थ्यकर कोषमा जम्मा गरिने प्रावधान रहेपनि स्वास्थ्य क्षेत्रले न्यून हिस्सा पाउँदै आएको छ ।

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न नहुने, घर तथा निजि सवारी साधनभित्र धुम्रपान गर्न नहुने, सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्, प्याकेट तथा पार्सलको प्याकेजिङमा ९० प्रतिशत भागमा चेतावनीमुलक सन्देश वा चित्र राख्नुपर्ने, विज्ञापन तथा प्रयोजन गर्न नपाईने, अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई बिक्री वितरण गर्न वा गर्न लगाउन नपाईने तथा फुटकर रुपमा चुरोट, बिडी वा सिँगारको खिल्ली बिक्री वितरण गर्न नपाईने व्यवस्था गरेको छ । तर, अहिले पनि निषेध गरिएका स्थानहरुमा खुलेआम बिक्रि हुने गरेको छ भने प्रयोगकर्ता पनि बिना हिच्किचाहट सार्वजनिक स्थलमा प्रयोग गर्ने गरेको पाईन्छ ।


कार्यक्रममा लमही स्वास्थ्य केन्द्रका प्रमुख नारायण शर्माले पालिकामा क्यान्सरजन्य रोगको जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले पालिकाले उपचारका लागि ७० जनाको सिफारिस गरेकोमा अझैपनि ५५ जना क्यान्सरका बिरामी रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक प्रकाश शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य पत्रकार लुम्बिनी प्रदेश संयोजक बासुदेब न्यौपानेको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण हेल्थ आवाजका भिसा काफ्लेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्