सरकारद्वारा भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज



सरकारले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गत रहेका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहिवार  बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश–२०८१ बमोजिम गठन गरिएको आयोग तथा सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको हो।

यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले उक्त निर्णय औपचारिक रूपमा सार्वजनिक गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्