आज कात्तिक १५ गते बिहीबारकाे राशिफल



आज २०८१ साल कात्तिक १५ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३१ तारिख। कात्तिक कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। कुकुर तिहार, नरक चतुर्दशी आजै परेका छन्। ज्योतिष माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि – परोपकारमा रुचि वढ्नेछ । चतुर्याईले कार्य सम्पादनमा सहजता हुनेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ ।

बृष राशि – सांगितिक क्षेत्रमा रुचि बढ्नेछ ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिक कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।

मिथुन राशि – धार्मकर्ममा मन जानेछ ।सामाजीक कृत्यले मनमा आनन्द छाउला । आदर्श व्यक्तिसंग सहकार्य गर्ने अवसर प्रापत हुनेछ ।शत्रु पराजित हुनेछन् ।आटका कार्यहरु सहजै सफल हुनेछन् ।पराक्रम वढ्नेछ ।

कर्कट राशि – आज मध्ययम फलदायि रहेको छ । अलिक समालिएर कार्य गर्दा उचित् हुनेछ । सामान हराउने चोरीहुने हुन सक्छ ।अनावश्यक धन क्षय हुनेछ ।मनमा चिन्ता बढ्नेछ । बन्धुवान्धवको सहयोग भने प्राप्त होला । खानपानमा ख्याल राख्नु होला ।

सिंह राशि – आकस्मिक धन लाभ हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ ।

कन्या राशि – आज जोस जाँगर र हिम्मत बढ्नेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।व्यवसाय राम्रो रहला ।स्वास्थ्यमा सुधारहुनेछ ।

तुला राशि –धार्मिक यात्रा हुनेछ । मनोरन्जनमा दिन वित्नेछ ।सोचेअनुरुप कार्यहरु सफल हुनेछन् ।बौद्दिक विकाशले तपाईको प्रसंसा वढ्नेछ । पार्टि वा सेमिनारमा सहभागि भैएला । मिष्ठान्न भोजन प्राप्त होला ।आफन्तको साथले मनमा उमङ्ग छाउला ।

बृश्चिक राशि –लगनशिलतामा कमी आउला ।स्वास्थ्यमा धन खर्च हुनेछ ।सुखदुख ,हासोखुसि,लाभहानी बराबर प्राप्त होला । आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।प्रेमिप्रेमिका विच मनमुटाव हुन सक्छ ख्याल राख्नुहोला ।

धनु राशि – मनमा शान्ति छाउला ।धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढ्नेछ ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।बेलुका पख भने धन खर्च होला ।

मकर राशि – रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।अधुरा कार्यले तिव्रता पाउनेछ ।दिन प्रेमिल हुनेछ ।

कुम्भ राशि – धार्मिक यात्राका अवसरहरु प्राप्त होलान् । सोचेअनुरुप कार्य अगाडि वढ्नाले मनमा शान्ति छाउँनेछ । पारिवारिक जमघट हुनेछ ।अधुरा कार्यहरु पून: सुचारु होलान् ।प्रेमिप्रेमिका विच सम्वन्ध सुमधुर हुनेछ ।दिन रमाईलो संग बित्नेछ ।

मिन राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ ।निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । स्वास्थ्यमा ख्याल राख्नुहोला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्